Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
औद्योगिक प्रदर्शनीमा ८६ स्टल दर्ता

बुटवल  । स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं, भन्ने मूल नाराका साथ रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा बुटवलमा संचालन हुने तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव २०७१ का लागि टल दर्ताको काम तिब्र रुपमा बढिरहेको छ । 
मंगलबारसम्ममा ८७ स्टल दर्ता भइसकेको मूल समिति सहसंयोजक तथा स्टल दर्ता विवरण तथा अनुगमन उपसमितिका संयोजक गणेशप्रसाद अधिकारीले जानकारी गराउनु भएको छ । मंगलबार बसेको निर्देशन तथा कार्यान्वयन समितिको बैठकबाट स्टल दर्ता वितरण तथा अनुगमन उपसमिति र गेट तथा सचिवालय उपसमिति विस्तार भएको छ । 
गणेशप्रसाद अधिकारीको संयोजकत्वमा गठित स्टल दर्ता वितरण एवं अनुगमन उपसमितिको सह—संयोजकमा संजय लम्साल र सदस्यहरुमा सूर्य शर्मा सुवेदी, यादव घिमिरे, रामप्रसाद बस्याल, युवराज आचार्य, नरिश्वर पौडेल, जगन्नाथ न्यौपाने, मुरारीराज भण्डारी र छवि शर्मा रहनु भएको छ । मंगलबार गेट तथा सचिवालय निर्माण उपसमितिको समेत विस्तार भएको छ । हरी बहादुर खत्रीको संयोजकत्वमा गठित उपसमितिको संयोजकमा तेज प्रसाद पराजुली र सदस्यहरुमा मोहन विक्रम प्याठ, रमेश खनाल, बालकृष्ण पराजुली, विजय श्रेष्ठ र नविन पुन रहेका छन । 
बुटवल मण्डपमा संचालन हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको सम्पूर्ण तयारीहरु दु्रत गतिमा अघि बढिरहेको छ भने मंगलबारदेखि नै सचिवलाय निर्माणको काम समेत अघि बढेको संयोजक हरी बहादुर खत्रीले जानकारी दिए ।  

0 comments

तपाईंको प्रतिकृया