Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पश्चिम नेपाल वस व्यवसायी संघमा मिश्रीत मतपरिणाम, अध्यक्ष पदमा खरेल विजयी

बुटवल । पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्ष पदमा दधिराम खरेल निर्वाचित भएका छन्। उनका प्रतिष्पर्धी गणेशबहादुर भट्टराईलाई ४ सय ४४ मत अन्तरले पछाडि पार्दै खरेल निर्वाचित भएका हुन्। खरेलको यो दोश्रो कार्यकाल हो ।  
कुल २ हजार १ सय ४० मतदाता संख्या रहेको संघको अधिवेशनमा खरेलले १ हजार २ सय ४४ मत प्राप्त गरेका छन् भने भट्टराईले ८ सय मत प्राप्त गरेका छन् ।  खरेललाई नेपाली कांग्रेस र एमाओवादीको साथ मिलेको थियो भने भट्टराईलाई एमाललेले सपोर्ट गरेको थियो ।
 त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा  नारायणप्रसाद घिमिरे, उपाध्यक्ष पदमा उपेन्द्रमान श्रेष्ठ र गोपाल बहादुर पौडेल, महासचिवमा जीवनकुमार बञ्जाडे निर्वाचित भएका छन्  । वरिष्ठ उपाध्यक्षमा घिमिरे १ हजार ५७ मत ल्याएर विजयी भए भने महासचिमा  बन्जाडे एक हजार २ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा उपेन्द्रमान श्रेष्ठले ११ सय ५२ मत र गोपाल बहादुर पौडेलले १ हजार २४ मत ल्याएर विजयी भए ।
सचिवमा रामचन्द्र भुसाल १ हजार ६३, कोषाध्यक्षमा कुश्माखर रेग्मीले ११ सय २, सहसचिवमा मोहन पीएस १२ सय २ र सुरेन्द्र श्रेष्ठ ११ सय २ मत ल्याएर विजयी भएका हुन ।
 संघको नेतृत्वको लागि एमाले निकट यातायात व्यवसायीहरुले गणेशबहादुर भट्टराईको नेतृत्वमा एकल प्यानल तथा नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी निकट व्यवसायीहरुले दधिराम खरेलको नेतृत्वमा संयुक्त प्यानल बनाएर निर्वाचनमा उत्रिएका थिए । तर मतपरिणाम मिश्रतीम हाएको छ ।  अध्यक्ष सचिव र एकजना सहसचिव पदमा एनेकपा माओवादी निकट व्यवसायीहरु निर्वाचित भएका छन् ।  वरिष्ठ उपाध्यक्ष, एकजना उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा एमाले निकट व्यवसायीहरुले जित्न हात पारे  भने एकजना उपाध्यक्ष र एकजना सहसचिव मात्र कांग्रेस निकट व्यवसायीहरु निर्वाचित भएका छन् । त्यसै गरी एमाओवादी कांग्रेसको व्यवसायीक संयुक्त प्यानलवाट सदस्य पदमा १३ जना निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा कृष्ण प्रसाद सापकोटा, तेजबहादुर केसी, विजय तिवारी, शंकर ज्ञवाली, सागर रिजाल, लीलाधर खनाल, रमेश प्रसाद अधिकारी, चन्द्रज्योति बस्याल, कृष्ण प्रसाद पाण्डे, ओम बहादुर मल्ल, सूर्यप्रकाश ढुंगाना, शिवदेव न्यौपाने, मानवी पौडेल, राम बहादुर बस्नेत, विश्वराम आचार्य, दीपक बन्जाडे, तेजनारायण बेल्वासे, जीवन रेग्मी, रामचन्द्र खड्का,राजगिरीराज उदय र जुलेश थापा विजयी भए ।
एमालेको लोकतान्त्रिक यातायात व्यवसायी मञ्च प्यानलबाट सदस्यमा ९ जना निर्वाचित भएका छन् । ९ पदाधीकारी तथा २२ सदस्य पदको लागी मतदान भएको थियो । संयुत्तm प्यानलका शोभाखर भण्डारी निर्विरोध निर्वाचित भएका छन ।
 नवनिर्वाचित अध्यक्ष खरेलले सवै पक्षलाई समेटेर नेतृत्व गर्ने बताएका छन  व्यवसायीको हकहित र  सवारी दुर्घटना न्यूनिकरण आफनो प्राथमिकतामा रहेको उनको भनाई छ ।

0 comments

तपाईंको प्रतिकृया