Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नवलपरासी आईडलका एल्बम विमोचन

बर्दघाट । नवलपरासी आईडल सीजन एकका विजेता कलाकारहरुको सनिबार बर्दघाटमा संयुक्त एल्बम विमोचन गरिएको छ । 
नवलपरासी आईडल सिजन १ सीनियर र जुनियर तर्फका विजेता कलाकारहरु सृजित रेग्मी, मेख खड्का एवं  विनोद विकद्धारा गाइएका गितहरुको एल्बम सनिबार वर्दघाटमा एक कार्यक्रमका विच विमोचन गरिएको श्रुतिसंगित विद्यालयका अध्यक्ष ईन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।  सभाषद कृष्ण पौडेलले एक कार्यक्रमका विच एल्बमको बिमोचन गरेका हुन । 
        एल्बममा  ४ वटा गीत समावेश गरिएको छ । ती गीतहरुमा लोक बहादुर मिजारको शब्द संगित रहेको छ भने एल्बमलाई श्रुति संगित विद्यालय बर्दघाटले बजारमा ल्याएको हो । उक्त एलबममा नवलपरासी आइडल सिजन १ मा गायन तर्पm सिनियर प्रथम भएका मेख खड्काको ‘किन धोका हुदाँ पीडा हुन्छ’ र तिमले छोड्दैमा म किन मर्थेर ’ बोलका दुई वटा गित समावेश गरिएको छ । त्यस्तै सिजन १ मा गायन तर्पm जुनियर प्रथम भएका सृजित रेग्मीको केहि बन्ने सपना बोलको गीत र सिजन २ मा गायन तर्पm सिनियर प्रथम भएका विनोद वि.क.को पागल म हुदिन भन्ने गीत समावेश गरिएको छ । 

0 comments

तपाईंको प्रतिकृया