एक्सिस कलेजका विद्यार्थीद्वारा अनाथ आश्रमलाई सहयोग
बुटवल। बुटवल–१० शुख्खानगरमा अवस्थित एक्सिस कलेजमा अध्ययनरत विद्यार्थीले आत्म शान्ति अनाथ आश्रम अनाथ मणिग्रामका अनाथ बालबालिकालाई नगद, र खाद्यान्न प्रदान गरेका छन् ।
विद्यार्थीहरुको एक समूहले दिपावलीको अवसरमा द्यौसी भैलो खेलेर संकलन गरेको पा“च हजार पा“च रुपिया“ नगद, र १५ हजार बराबरका शैक्षिक सामग्री, खेलकुदका सामान, खाद्यान्न र लत्ताकपडा प्रदान गरेका हुन् । कलेजका म्यानेजिङ डाइरेक्टर कृष्णप्रसाद पोखरेलले बुधबार उक्त रकम र सामग्री आश्रमलाई हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै डाइरेक्टर पोखरेलले आश्रमबाट एसएलसी उत्तीर्ण विद्यार्थीलाई कलेजले निःशुल्क पढाउने प्रतिबद्धता जनाए । त्यस्तै कलेजका प्रिन्सिपल कृष्णप्रसाद पोखरेलले कलेजले आगामी दिनमा पनि आश्रमलाई आर्थिक र भौतिक सहयोग गर्दै जाने बताए । कार्यक्रममा विद्यार्थी कृष्ण खड्काले सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले विद्यार्थीहरुले द्यौसी भैलोबाट संकलित केही रकमबाट आश्रमलाई सहयोग गरिएको जानकारी दिए । आश्रममा ११ जना अनाथ बालबालिका बस्दै आइरहेका छन् ।

0 comments
तपाईंको प्रतिकृया