हिसानको महाधिवेशन पुसमा
बुटवल । उच्च माविहरुको साझा सस्था उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को महाधिवेशन पुस महिनामा राजधानीमा हुने भएको छ ।
आईतवार बुटवलमा बसेको संघको वैठकले महाधिवेशन २६ र २७ गते राजधानीमा गर्ने निर्णय गरेको हो । जिल्ला अधिवेशन नभएका जिल्लामा मंसिर मसान्त भित्र सम्पन्न गर्ने निर्णय भएको महासचिव युवराज शर्माले जानकारी दिए । त्यसै गरी वैठकले सात क्षेत्रको जिल्ला सम्मेलनको लागी सम्वन्धीत क्षेत्रका उपाध्यक्षको नेतृतवमा जिम्मेवारी वाडफाड समेत गरिएको जनाईएको छ ।
वैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सभाषद समेत रहेका हिसानका अध्यक्ष उमेश श्रेष्ठले शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई राज्यले संरक्षण गर्न चासो नदिएको र योगदानको कदर नगरेको बताए । उनले राज्यले एक विद्यार्थी वरावर १ लाख भन्दा वढि लगानी गरेको बताउदै त्यसको प्रतिफलमा निजी क्षेत्र अगाडी रहेको बताए । उनले राज्यले गरेको अरवौको लगानी खेर गरेको समेत आरोप लगाए । त्यसै गरी अर्का सभाषद वावुराम पोख्रेलले निजी क्षेत्रको शैैक्षिक संस्थाले राज्यवाट पहिचान स्थायित्व, स्वामित्व र स्वायत्तता खोजेको बताउदै त्यसको लागी हिसानले पहल गर्ने बताए । राज्यले शिक्षा क्षेत्रमा लगानी मैत्री वातावरण वनाउने हो भने नेपाललाई अन्तराष्ट्यि शैक्षक हवको रुपमा विकास गर्न सकिने उनको भनाई छ ।

0 comments
तपाईंको प्रतिकृया