Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
उम्मेदवारी घोषणाको लहड

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितीको नेतृत्वको लागी प्यानल बाहेक स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा भएका छन । 
निवर्तमान अध्यक्ष लोकराज पोखरेल र भुतपुर्व अध्यक्ष गुप्तबहादुर खत्री क्षेत्रीले प्यानल बनाएर उम्मेदवारी घोषणा गरे लगत्तै केही व्यवसायीहरुले  उम्मेदवारी घोषणा गरेका हुन ।
 समितीको अभिवेशन निर्वाचन सम्वन्धी कार्य कात्तिक २८ गते वन्द शत्र पछि हुने भए पनि उनिहरुले उम्मेदवारी घोषणा गरी प्रचार प्रसारलाई तिव्रता दिएका छन । अहिले समितीमा उम्मेदवारी घोषणा गर्ने हलड नै चलेको देखिन्छ  । व्यवसायी मञ्जु भुसालले अर्घाखाची सेक्टर उपाध्यक्षमा उम्मेदवार दिने घोषणा गरेकी छन । प्यानल तथा खुल्ला रुपमा उम्मेदवार घोषणा गरेका मध्ये उनी एक मात्र महिला उम्मेदवार हुन । उनि विभिन्न संघ संस्थामा आवद्ध एक कुसल नेतृत्वदायी क्षमता भएकी महिला उम्मेदवार हुन । 
धरासायी हुदै गएको ट्क व्यवसायीको संरक्षण तथा उनिहरुको हकहितको लागी आफूले उम्मेदवारी दिन लागेको संचारकर्मीलाई वताएकी छन ।
 अहिले सम्म समितीको नेतृत्व तहमा कुनै पनि महिलाहरुले स्थान नपाएको बताउदै उनले व्यवसायीहरुको आग्रहमा  सेक्टर उपाध्यक्षमा उम्मेदवारी दिने बताईन । उनले भनिन– व्यवासीको हकहितको लागी मेरो उम्मेदवारी हो म एक मात्र महिला उम्मेदवार भएकाले आफ्नो अमुल्य मत दिई विजयी बनाउनु हुने छ ।’ त्यसै गरी महासचिवमा  कमल घिमिरे र कोÈाध्यÔ पदमा गेहेन्द्र न्यौपानेले स्वतन्त्र रुपमा उम्मेदवारी घोÈणा गरेका छन । उनिहरुले प्यानल वाहिरवाट पनि निर्वाचन जित्ने दावी गरेका छन । 

0 comments

तपाईंको प्रतिकृया