नेपालको विजयी सुरुवात, साउदी अरेबियाविरुद्ध १९५ रनको जित
काठमाडौं । कुबेतमा जारी एसीसी यु– १९ क्रिकेट प्रिमियर क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।
लिगको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियालाई १ सय ९५ रनको सानदार जित हात पार्दै विजयी सुरुवात गरेको हो ।
कुवेत सिटीको सुलबिया खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ३ सय २१ रनको विशाल योगफल बनायो ।
३ सय २२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको साउदी अरेबिया ३७ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै अल आउट भयो ।
नेपालको जितमा बलर शंकर राना नायक साबित भए । ओपनर प्रेम लामा ११ रन बनाएर आउट भएपछि मैदानमा उत्रेका रानाले ८२ बलमा ८९ रन बनाए । उनले ११ चौका र २ छक्का प्रहार गरे । उनलाई कप्तान राजु रिजालले ४९ रन बनाउँदै राम्रो साथ दिए । दुवैले मिलेर तेस्रो विकेटका लागि १ सय ४९ रनको विषाल साझेदारी गरेका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरले ४२ रन, आरिफ शेखले ३३ र ओपनर सुनिल धमलाले २६ रनको योगदान दिए । साउदी अरेबियाका लागि फैसल खानले सर्वाधिक ५ विकेट लिए ।
साउदीविरुद्धको बलिङमा कँडेलले तीन विकेट लिँदा श्रेष्ठले २ र धमला तथा तामाङले समान १ विकेट लिए । साउदीतर्फ समीर र फेइसलले सर्वाधिक ४३ र ४१ रन बनाए ।

0 comments
तपाईंको प्रतिकृया