Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पश्चिमाञ्चलमा पुर्व अध्यक्षको भिडन्त

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितीको आगामी नेतृत्वको लागी पुर्व अध्यक्ष गुप्तवहादुर खत्री क्षेत्री  र लोकराज पोखरेल  चुनावी मैदानमा उत्रिएका छन । समितीमा पदाधीकारी ५ , सेक्टर उपाध्यक्ष ५ र ८ सदस्य पदको लागी निर्वाचन हुदैछ । त्यसो त प्यानल बाहेक स्वतन्त्र रुपमा पनि केहीले उम्मेदवारी दिने घोेषणा गरेका छन । महासचिवमा कमल घिमिरे र कोषाध्यक्ष पदमा गेहेन्द्र न्यौपानेले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन । 
निर्वाचन कार्यतालिका सार्वजनिक भएको छैन । यद्यपी व्यवसायीहरुले प्यानल बनाएर चुनावी माहोल श्रृजना गरेका छन  । कात्तिक २८ गते वन्द सत्र पछि मात्र उम्मेदवारी दर्ता गरिने र २९ गते मतदान हुने बताईएको छ ।  प्यानल सहित निर्वाचनमा होमिएका निर्वतमान अध्यक्ष पोखरेल २०४० साल देखी यातायता क्षेत्रमा कृयाशिल ट्क व्यवसायी हुन । २०५७ सालदेखी उनि समितीको विभिन्न पदमा रहेर महत्वपुर्ण भुमिका निर्वाह गरिसकेका छन । उनी  समितीको कोषाध्यक्ष  वरिष्ठ उपाध्यक्ष र अध्यक्ष पदको जिम्मेवारी निर्वाह गरिसकेका व्यवसायीको मन जित्न सफल व्यवसायी हुन । उनि आफू फेरी अध्यक्ष पद सम्हाल्नेमा ढुक्क छन  । नेतृत्व गर्ने कार्यकुशलता, इमान्दारीता र व्यवसायीको विश्वास नै आफूले जित्ने आधार भएको उनको भनाई छ ।   ‘मैले निरन्तर दुई कार्यकाल अध्यक्ष पद हाक्न सक्थ्ये साथीहरुलाई छाडिदिए अव फेरी साथिहरुको आग्रहमा अध्यक्षमा उम्मेदवार दिदै छु ।’ दुर्घटना न्युनिकरण , सरकारले निर्धारण गरेको वैज्ञानिक भाडादर कार्यान्वय, टेक व्यवसायलाई धरासायीहुन वाट वचाउने लगायतका व्यवसायीको हकहितमा काम गर्ने तथा आफ्नो कार्यकालमा रहेका अधुरा कामलाई पुरा गर्ने योजना रहेको उनले बताए । 
त्यसै गरी अध्यक्ष पदका अर्का उम्मेदवार गुप्तबहादुर खत्री क्षेत्री पनि ट्क व्यसायीमाझ लोकप्रिय व्यवसायी हुन । उनले वर्तमान अध्यक्ष गणेश पन्थको समर्थन पाएका छन । हालका वरिष्ठ सल्लाहकार  खत्रीले संस्थाको स्थापना काल देखी नै समितीमा योगदान पुराउदै आएका छन । २०३३ साल देखी यातायात क्षेत्रमा आवद्ध उनी समितीको एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष र एक कार्यकाल अध्यक्ष पदको जिम्मेवारी निर्वाह गरिसेका छन । अध्यक्ष पदका उम्मेदवार खत्री क्षेत्रीले आफ्नो उम्मेदवारी कसैको विरुद्धमा नभएको बताए । ‘फेरी अध्यक्ष बन्ने चाहना थिएन । गणेश पन्त लगायतका व्यवसायीहरुले आग्रह गर्नु भयो ।’ उनले भने– व्यवसायीहरुको हितमा मेरो उम्मेदवारी हो । पहिले सरसल्लाह गरेको भए मैले लोकराजजीलाई छाडी दिने थिए ।’ उनले आफ्नो कार्यकालमा भएका कार्यलाई निरन्तरता दिदै व्यवसायीको हितमा काम गर्ने योजना रहेको बताए । सरकारले तोकेको भाडादर लिन वातावरण वनाउने, भारतिय ट्कमा हुने ओभरलोडको समस्या हल गर्न पहल गर्ने योजना रहेको उनको भनाई थियो । उनले सवै राजनितीक दलमा अस्था राख्ने ट्क व्यवसायीहरुलाई समावेश गरी प्यानल तयार गरेकाले सवैको सहयोग र सद्भाव प्राप्त हुने विश्वास समेत व्यक्त गरे । 
गुप्तबहादुर खत्री क्षेत्रीको प्यानलबाट  वरिष्ठ उपाध्यक्षमा डिल्लीराम परिजाल(अंकल)ले उम्मेदवारी घोषणा गरेका छन भने रुपन्देही सेक्टर उपाध्यक्ष पदमा प्रकाश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन । उनलाई दुवै प्यानलले आफ्नो उम्मेदवार भएको दावी गरेका छन । त्यसै गरी उक्त प्यानलबाट  स्थानिय सेक्टर उपाध्यक्षमा चेतबहादुर थापा (अमर), अर्घाखाची सेक्टर उपाध्यक्षमा गोपालप्रसाद न्यौपाने, गुल्मी सेक्टर उपाध्यक्षमा प्रेम श्रेष्ठ (जोरधारा), नवलपरासी सेक्टर उपाध्यषमा खोमबहादुर वीसी(गोविन्द), महासचिवमा टिकाराम न्यौपाने, सचिवमा गुप्तबहादुर केसी (राजु), कोÈाध्यÔमा जीतबहादुर भाटले उम्मेदवारी घोषणा गरेका छन । त्यसै गरी सोही प्यानलवाट सदस्य पदमा शंकर लम्साल, रवी कार्की, सरोज शर्मा (क्वीकल), राजेश पन्त, Ôेत्र बहादुर राना(साईला दाई), घनश्याम गिरी, कृष्ण ठकुरी र लिला प्रसाद श्रेष्ठ उम्मेदवारी दिदैछन । 
उता लोकराज पोखरेलको प्यालनबाट वरिष्ठ उपाध्यÔमा यमप्रसाद पाण्डे, रुपन्देही सेक्टर उपाध्यÔमा प्रकाश श्रेष्ठ , स्थानिय सेक्टर उपाध्यक्षमा खगराज गौतम, अर्घाखाचीमा युवराज पन्त, गुल्मीमा नारायण रेग्मी, नवलपरासी सेक्टर उपाध्यक्ष पदमा हरिप्रसाद कडेलले उम्मेदवारी दिने घोषणा गरेका छन । पोखरेल प्यानलवाट महासचिवमा प्रताप बहादुर कार्की, सचिवमा पंकज राई र कोÈाध्यÔमा सिद्धार्थ उदय निर्वाचनमा होमिएका छन । उक्त प्यानलवाट सदस्य पदमा प्रकाश जीसी, हरि रिमाल, रुद्र श्रेष्ठ, बसन्त खड्का, पूर्ण बहादुर वोहरा (कमान), पिताम्वर गैरे (रमेश), टिकाराज तिमिल्सीना र गोपाल लम्सालले उम्मेदवारी घोषणा गरेका छन । 
कार्तिक २८ र २९ गते हुने समितीको  साधारणसभा तथा अधिवेशनको उद्घाटन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गर्ने समितीले जनाएको छ ।  

0 comments

तपाईंको प्रतिकृया