Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पप्पु रेग्मी
बर्दघाट । नवलपरासीको नयां बेलहानी ८ अरुणखोलामा सोमबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्कीदा दुई जनाको ज्यान गएको छ ।
   दुर्घटनामा  लु १५ प ७९२९ नम्बरको मोटरसाइकल र लु ७ प ८७६१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सुभाष गैरेले बताउनुभयो ।   दुर्घटनामा परी लु १५ प ७९२९ नम्बरको मोटरसाइकल चालक बुटवल नगरपालिका ११ निवासी ५० बर्षीय टेकबहादुर थापा भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
 सोही मोटरसाइकलमा सवार थापाको श्रीमती गम्भीर घाइते भएको र उनको पनि उपचार भईरहेको बताइएको छ । त्यस्तै लु ७ प ८७६१ नम्बरको मोटरसाइकलमा सवार नवलपरासीको दुम्किबास ५ निवासी १९ कमल लामाको पनि पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । सोही मोटरसाइकलमा सवा विनोद श्रीस मगर गम्भीर घाइते भएको र उनको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया