अमेरिकी सिनेटमा ओबामाको पार्टी पराजित
अमेरिका। अमेरिकी माथिल्लो सदन सिनेटको मध्यावधि चुनावमा जोडदार जित हात पार्दै रिपब्लिकन पार्टीले बहुमत हासिल गरेपछि राष्ट्रपति बाराक ओबामाको पार्टीलाई झड्का लागेको छ ।
चुनावी परिणामलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाको घट्दो लोकप्रियताको असरका रुपमा हेरिएको छ । देशको आर्थिक स्थितिमा सुधारका बावजूद मध्यावधि चुनावमा विपक्षी दल रिपब्लिकनको जीतको अनुमान गरिएको थियो । रिपब्लिकन सिनेटर एवं २०१६ मा पार्टीका सम्भावित राष्ट्रपति उम्मेद्वार र्याड पलले भनेका छन्९‘यो चुनाव राष्ट्रपति ओबामामाथि जनमत संग्रह हो ।’ सिनेटमा बहुमत पुर्याउन रिपब्लिकनलाई ६ सिट चाहिएको थियो । मध्यावधि चुनावमा रिपब्लिकनले अराकन्सास, कोलराडो, आयोवा, मोन्टाना, उत्तरी क्यारोलिना, दक्षिण ठोकोटा र पश्चिम भर्जिनियामा जित हात पारेको छ ।
रिपब्लिकन पार्टीले अलबामा, जर्जिष, कानसास, माइन, मिसिसिपी, नेब्रास्का, ओकहोमा, दक्षिण क्यारोदिना र टेनेसेमा आफ्नो सीट सुरक्षित गरेको छ । रिपब्लिकन सिनेटर मिच म्याककोनल केन्टको महत्वपूर्ण सीट सुरक्षित गर्न सफल भए । अब उनी बहुमतप्राप्त दलको नेता बन्ने छन् । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ ९प्रतिनिधि सभा०मा रिपब्लिकनको पहिला नै बहुमत थियो । अब झन बलियो भएको छ । अब सिनेटमा पनि बहुमत हासिल गरेपछि पछिल्लो दुई वर्षमा ओबामाले लिएको नीतिगत फैसलामा परिर्वतन हुन सक्ने बीबीसीले जनाएको छ ।
सिनेटमा बहुमत हात पारेपछि ओमरिकी जनतालाई सम्बोधन गर्दै उनले भनेका छन्‘हामीले तपाईको आवाज सुन्यौं, म त्यसलाई आफ्नो आवाज बनाउँछु र यो सुनिश्चित गर्छु कि बाशिङटनमा तपाईहरुको आवाज सुनाउँछु । सिनेटको एक तिहाइ सीटका साथै प्रतिनिधि सभाका सबै ४३५ सिट र ५० राज्यमध्ये ३६ राज्यको गभर्नरका लागि पनि चुनाव भएको थियो । एजेन्सी


0 comments
तपाईंको प्रतिकृया