Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फेरी ६१ नगरपालिका थपिए , बुटवल उपमहानगरपालिका

काठमाडौं । नेपालमा थप ६१ वटा नगरपालिका थपिएको छन् ।  नगरपालिकाको संख्या १९१ पुगेको छ । थपिएका नगरपालिकामा काठमाडौंमा १० बटा छन् भने भक्तपुरमा ४ र ललितपुरमा तीन छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्अन्तर्गतको समाजिक समितिको बैठकले स्थानीय विकास मन्त्रालयले ६६ वटा नयाँ नगरपालिका घोषणा गर्न सिफारिस गरेकोमध्ये ६१ वटालाई नगरपालिका घोषणा गरेको हो।   ६६ नगरपालिका सिफारिस गरिएको मध्ये पाँच वटा अस्वीकृत भएका छन् । ललितपुरको बज्रबाराही, स्याङ्जाको गल्याङ, तनहुँको भिमाद रिसिङ र भानु तथा बर्दियाको बबै  अस्वीकृत भएका छन् ।
यसैविच सरकारले सात उपमहानगरपालिका थपेकोे छ ।
 स्थानीय विकास मन्त्रालय दिएको जानकारी अनुसार बुटवल, इटहरी, धरान, जनकपुर, हेटौंडा, भरतपुर र  नेपालगञ्जलार्इ उपमहानगरपालिका घोषणा गरिएको छ । यस अघि ललितपुर, बिराटनगर, वीरगञ्ज र पोखरा गरी चार उपमहानगरपालिका थिए। सात नगरपालिकालाई उपमहानगरपालिका घोषणा संगै नेपालमा ११ उपमहानगरपालिका भएका छन ।

0 comments

तपाईंको प्रतिकृया