Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी तिव्र

बुटवल । ‘स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं’ भन्ने मूल नाराका साथ बुटवलमा हुन लागिरहेको तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव २०७१ को तयारी तिव्र पारिएको छ । रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा यही पौष ७ देखि २१ गतेसम्म हुने उक्त प्रदर्शनीमा ५ सय स्टल रहने छ । 
मेला संयोजक मुल समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले मेलाको तयारी भव्य रुपमा अगाडी बढिरहेको भन्दै मेलामा स्वदेशी उत्पदानका  औद्योगीक बस्तुुहरु  प्रथमकिताको साथामा प्रर्दशन हुने जानएका थिए ।  
उनले रुपन्देही उद्योग संघले स्वदेशी उत्पादनमा महत्व दिंदै २०४५ सालदेखि हालसम्म १२ औं पटक प्रदर्शनी तथा महोत्सव आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिसकेको पौष ७ देखि २१ गतेसम्म संचालन हुन तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सवमा विगतका अनुभवहरुलाई संगाल्दै विगतका कमीकमजोरीहरु हटाउँदै यस पटक फरक ढंगबाट स्वदेशी उत्पादनका वस्तुहरुलाई छुट्टा छुट्टै पेभिलियनको व्यवस्था गरी उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराउन  मेला आयोजना गरेको जानकारी दिए । 
मंगलबार सम्म ४ सय ६० वटा स्टल दर्ता भईसकेका छन् । मेलामा यस बर्ष स्वदेशी उत्पादनहरुको प्रर्दशनी, पर्यटन सूचना केन्द्र, विभिन्न लोकसास्कृतीक  प्रर्दशनी, लोक दोहरी गित प्रतियोगता, लोक नृत्य प्रतियोगीताहरु, प्रर्दशनी आईडल र फरक प्रस्तुतको रुपमा पहिलो पटक आसिआई ट्यालेन्ट हन्र्ट  प्रतियोगीता आयोजना गरिने आयोजकले जनाएका छन् । त्यस्तै सूचना प्रविधि ग्रामको सञ्चाल, विशेष आर्कषक रेष्टुरेन्ट,  कृर्षि ग्रामको रुपमा पहिलो पटक पानी घट्टको प्रर्दशनी, औद्योगीक ग्रामको सञ्चालन, राष्ट्रिय महिला भलीवल प्रतियोगीता, पशुपती मन्दिर शैलीको प्रवेशद्धार निर्माणण् गुर्र्नुको साथै आखिझयाल युक्त सचिवालय निर्माण गरिएको छ । त्यस्तै बाल उद्यान र लोक दोहोरी, आधुनिक, हास्य विद्याका विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष प्रस्तुती हुनेछ । यसको साथै नयाँ नयाँ प्रविधिीहरुको प्रर्दशनी ढाका बुनाई मेसिन,चाउचाउ बनाउने मेसीन आदिको विशेष प्रर्दशन हुने आयोजकले जानाएका छन् ।  मेलाबाट  १५ करोडको कारोवार हुने र करिव ५ लाख र्दशकले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएका छन । 

0 comments

तपाईंको प्रतिकृया