प्रहरी नै चोरीमा !
बुटवल । नागरिकको जिउधनको सुरक्षा गर्न खटिएका प्रहरी नै चोरी कार्यमा लागेपछि कस्ले शुरक्षा दिने ? वुटवलमा शुक्रवार राती यस्तै घटना भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव निरीक्षक किरणबहादुर रानाभाट चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका –५ गोलपार्कस्थित व्यवसायी छायाँ पोख्रेलको घरमा चोरी गर्न पसेका रानाभाट पक्राउ परेका हुन् । उनि राती १२ वजे पोखरेलको घरमा पसेका थिए ।
उनलाई घरकै सदस्यहरुले राति १२ बजे नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन । उनीमाथि बिभागीय कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


0 comments
तपाईंको प्रतिकृया