एस्कोनमा नयाँ नेतृत्व
बुटवल । एक्टीभ सोसियल सर्कल अफ नेपाल(एस्कोन)बुटवलको छैठौ साधारण सभा तथा पा“चौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
सनिवार बुटवलमा सम्पन्न अधिवेशनले लेखमान श्रेष्ठ (श्रवण)को अध्यक्षतामा ११ सदस्यीय नया“ कार्य समिती चयन गरेको हो । जसको निवर्तमान अध्यक्षमा केदार प्रसाद खनाल, उपाध्यक्षमा डि.पि खनाल, सचिवमा जगन्नाथ गौडेल(सुमन) कोषाध्यक्षमा लक्ष्मण ज्ञवाली, सह–सचिवमा चिरञ्जीवी पौडेल रहेका छन ।
त्यसै गरी सदस्यमा धर्मेन्द्र कसौधन, केशव सुवेदी, धिरज गुरुङ, लक्ष्मण प्रसाद गौतम र उमेश प्रसाद श्रेष्ठ रहेका छन । निर्विरोध निर्वाचित कार्यसमितीलाई निर्वाचन अधिकृत रुद्रहरि कु“वरले प्रमाणपत्र वितरण गर्दे बधाई तथा शुभकामना दिएका थिए । नव निर्वाचित अध्यक्ष श्रेष्ठले संस्थाको अघि सारेको कार्यक्रमलाई प्राथमिकता दिदै पुर्व अध्यक्षहरुको सुझाव सल्लाह तथा मार्गनिर्देशलाई अनुशरण गरी सम्पुर्ण सदस्यहरुलाई एकतावद्ध वनाई लैजाने प्रतिवद्धता सहितको मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको उद्घाटन प्रमुख अतिथी काहुरास्ट नेपालका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नेत्रबहादुर पाण्डेले गरेका थिए । संस्थाका अध्यक्ष केदार प्रसाद खनालको अध्यक्षता, उपाध्यक्ष लेखमान श्रेष्ठ (श्रवण)को स्वागत तथा सचिव डि.पि खनालको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथी पाण्डे, सल्लाहकारहरु रुद्रहरि कु“वर, कृष्ण पराजुली, पुर्वअध्यक्ष नारायण नेपाल, प्रेस युनियन रुपन्देहीका सचिव कविन्द्र नेपाल , लेखा समिती संयोजक कमल थापा क्षेत्री लगायत शुभकामना मन्तव्य व्यक्त गर्दे एस्कोनले समाज सुधारमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । साधारणसभाले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष सुरेस पराजुलीको आर्थिक प्रतिवेदन पारित गरेको छ । २०६६ सालमा स्थापना भएको एस्कोनले गरिव ,असाहय, अशक्तहरुलाई आवश्यक सहयोग तथा जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकतादिई कार्य गर्दे आएको छ ।


0 comments
तपाईंको प्रतिकृया