Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
घुस खाने टफिक प्रहरी अख्तियारको फन्दामा

बुटवल  । सुनौली नाकावाट नेपाल भित्रिने सवारी साधनवाट घुस खाने टफिक प्रहरी कार्यालय अख्तियारको फन्दामा परेका छन ।
 जिल्ला ट्राफिक कार्यालय, भैरहवामा कार्यरत प्र.ना.नि पूर्ण बहादुर के.सीले घुस खाएको रकम सहित पक्राउ परेका हुन । सुनौली भन्सार नाकाबाट नेपाल भित्रिने सवारी साधन चालकरधनी स“ग घुस रिसवत माग गरी रहेको भन्ने उजुरी एवं घुस वापतको रकम लेनदेन हुन गईरहेको भन्ने सुचनाका आधारमा अख्तियार अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलबाट खटिएको बिशेÈ टोलीले घुस रिसवत बापत लिएको १५ सय सहित केसीलाई पक्राउ गरेको जनाइएको छ । घटनाको थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ । 

0 comments

तपाईंको प्रतिकृया