फलफुल तथा दुध वितरण
![]() |
| वालकल्याण गृहमा फलफुल प्रदान गर्दे पौडेल परिवार । तस्वीर: सुपरखवर डटकम |
रुपन्देही क्याटरिङ व्यवसायी संघका कोषाध्यक्ष समेत रहेका बलराम पौडेल तथा उनका भाईहरु युवराज पौडेल र केदार पौडेलले आफ्ना वुवा स्व. जीवलाल पौडेलको स्मृतीमा बुटवल स्थित लुम्विनी अंचल अस्पतालमा उपचार्थ भर्ना भएका विरामी , दुर्गा भवानी शिवकुमारी शैजु वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरु तथा वाल कल्याण गृहमा आश्रीत वालवालिकालाई तातो दुध खुवाउनुको साथै फलफुल वितरण गरेका हुन ।
लुम्विनी अस्पतालमा ६० भन्दा वढि विरामी उपचारको लागी भर्ना भएका थिए भने वृद्धाश्रममा विभिन्न जिल्लाका ७ जना असाहय वृद्धवृद्धा रहेका छन । महिला वालवालिका तथा समाज कल्याणमन्त्रालयद्धारा बुटवलमा संचालित वालकल्याण गृहमा २७ जना विद्यार्थी आश्रीत छन ।


0 comments
तपाईंको प्रतिकृया