Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रम कोईराला र प्रचण्डविच भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री सुशील कोइराला र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा संविधान निर्माणका विवादित मुद्धामा केन्द्रित रहेर कुराकानी भएको बुझिएको  छ।
एमाओवादी अध्यक्ष प्रचण्डको निजि सचिवालयका अनुसार माघ ८ भित्रै संविधान जारि गर्नका लागि चाडै सहमतिमा आउन प्रधानमन्त्रि कोईरालाले प्रचण्डलाई आग्रह गरेका थिए । प्रचण्डले संम्बिधान जनताको पक्षमा बनाउने कुरामा आफु जहिले पनि सहमत रहेको जवाफ दिए । ‘जनजाति, भाषा क्षेत्र र पहिचानको मुद्धामा सत्तारुढ दल काग्रेस र एमाले लचिलो नभए र जनताप्रति जिम्मेवार नभए आफुमात्रै सहमतिमा आएर केही नहुने’ प्रचण्डले बताएका थिए ।

0 comments

तपाईंको प्रतिकृया