Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कृषी मोहले बनायो रातभर जाग्राम

माछापोखरी देखाउदै धर्मराज पौडेल ।

रुद्रहरि कुंवर
बुटवल ।  प्रकाश खनाल बुटवलका व्यवसायी हुन । उनि व्यापारमा लागेको धेरै वर्ष भयो । ग्राहकलाई कसरी कन्भीन्स गर्ने र आफुसंग भएको बस्तु कसरी विक्रि गर्ने भन्ने मै उनको पुरै समय वित्दथ्यो । बिहान पसल खोल्नु अनि दिनभर व्यापार गर्नु उनको नित्यकर्म नै थियो । तर अहिले उनको दिनचर्या फेरीएको छ । उनि अहिले पसलमा मात्र भुल्दैनन । आफूले लगाएको कृषी उपज जोगाउन उनि रातको डिउटी सम्हाल्न सिक्टहन पुग्छन अनि निलगाई धपाउन रातभर जाग्राम बस्छन । उनलाई यो गर्नु बाध्यताले होईन कृषीप्रतिको मोहले हो । दुई वर्ष अघि उनी जब एक सहकारीवाट दमक, सर्लाही लगायतको जिल्लाको कृषी फर्मको अध्ययन भ्रमणमा गए । त्यस पछि उनलाई कृषी व्यवसायले मन लोभ्यायो । ‘ मलाई सर्लाहीको उष्ण वागवानी केन्द्रमा गरिएको कृषीले मन लोभ्यायो ।’ उनि भन्छन– रुपन्देहीमा पनि केही गरौ भन्ने लाग्यो यहा“ कृषी फर्म शुरु गर्यौं ।’ 
 प्रकाश खनाल, नवराज फुल्लेल, धर्मराज पौडेल लगायतको २१ जनाको टोलीले रुपन्देहीको सिक्टहन–७ छोडकीगुम्मीमा २४ विगाहा जग्गा भाडामा लिई एकिकृत कृषी फर्म संचालन गरेका हुन । जसको नाम सामुहिक वहुउदेश्यीय कृषी उपज तथा विक्रि समूह राखिएको छ । समूहमा धेरै कृषीमा उत्साहित व्यक्ति आवद्ध रहेका छन । ‘कृषीमा अनुभव त छैन, तर कृषी फर्मको अवलोकनले उत्साह थपेको छ । फर्मको अर्का संचालक धर्मराज पौडेलले भने– सहकारीको भ्रमणले नै हामीलाई कृषीमा हात हाल्न प्रेरणा दिएको हो ।’
 सिक्टहन माविको १८ विगाहा र व्यक्तिगत ६ विगाहा जग्गा १० वर्षको लागी भाडामा लिएर उनिहरुले बैशाख २५ गतेदेखी व्यवसायीक कृषी शुरु गरेका हुन । जग्गाको भाडा मात्र वार्षिक २ लाख २० हजार तिर्नुपर्छ । ५० लाख रुपैया लगानीमा गाईभैसी पालन, वाख्रा पालन, वंगुर पालन, कुखुरा पालन, माछापालन तथा अर्गानीक तरकारीखेती गर्ने वृहत योजना रहेको समुहका अध्यक्ष समेत रहेका खनालले जानकारी दिए । माछा पालन , कुखुरा पालन शुरु भईसकेको छ । तरकारी खेतीपनि शुरु गरिएको छ । ‘धानखेतमा गरिएको माछा र तरकारी गरी १ लाख २५ हजार रुपैयाको विक्रि भयो ।’ उपाध्यक्ष फुल्लेलले भने–पहिलो वर्ष त लस मै छौ ।’ उनले ४ विगाहामा मात्र वेसारखेती गरिएको बताए । ५० टन भन्दा वढि वेसार उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए ।  अहिले ५ वटा पोखरीमा माङगुर, रहु, कमन , विगहेड र नैनी जातका गरी ३२ हजार भुरा छाडिएको छ । यसलाई वढाएर २ विगाहा क्षेत्रमा माछापालन गरिने योजना रहेको छ ।  एक हजार चल्लावाट शुरु गरिएको व्रोईलर कुखुरा अहिले विक्रिगर्न योग्य भएका छन ।  उक्त समुहले कृषी फर्ममा १ करोड लगानी गर्ने योजना वनाएको छ ।
 गाई ५०, भैसी ५० र वाख्रा १ सयवाट शुरुवात गर्न लागिएको बताईएको छ । समूहका सचिव धर्मराज भुसालले सामूहिक पहलमा केही गरौ भन्ने उदेश्यले कृषी फर्म संचालन गरिएको बताए । फर्ममा २१ जनाको वरावरी शेयर लगानी छ । फर्म पुर्ण रुपमा संचालनमा आउदा ५० जनालाई प्रत्यक्ष रोजगारी दिन सकिने भएपनि अहिले सम्म समुहकै सदस्य कृषी कार्यमा आफै खटिएका छन । ‘खनिखोर्सनी, दानमापानी र रातमा निलगाई भगाउन समेत पालो बाडेर काम गर्दे आएका छौ ।’ अध्यक्ष खनालले भने–निलगाईले तरकारी खाईदिएर हैरानै पारेको छ ।’ फुल्न थालेको गोपी निलगाईले सखाप पारेको देखाउदै उपाध्यक्ष पौडेलले भने– ‘निलगाई धपाउन रातभर जाग्राम वसियो कुन समय आएर खाएछ विहान हेर्दा सवै सखाप ।’ कृषी फर्म संरक्षणको लागी माटो उठाएर ढिस्को समेत वनाईएको भएपनि नजिकै रहेको जंगलका निलगाईले खेती नष्ट गर्ने गरेको संचालकहरु बताउछन । 
युवाहरुलाई कृषीमा आकर्षण गर्न कृषी विकास कार्यालयले कृषीमा अनुदान दिने गरेको छ । अहिले सम्म आफूहरुले सरकारी अनुदान  नलिएको उनीहरुको बताए  । ‘अनुदानको लागी कृषी विकास कार्यालय रुपन्देहीमा निवेदन दिएका छौ अहिले सम्म पाएका छैनौ । अध्यक्ष खनालले भने– आशा छ कृषी कार्यालयले अनुदान दिनेछ ।’ 

0 comments

तपाईंको प्रतिकृया