राष्ट्रिय औद्योगिक प्रदर्शनीको पुर्वसन्ध्यामा ¥याली
बुटवल । रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा सोमबार देखि बुटवलमा तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव शुरु हुदैछ ।
‘स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं’ भन्ने मूल नाराका साथ पुस २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको आज बिहान ११ बजेपछि प्रधानमन्त्री शुशिल कोइरालाले उद्घाटन गर्नुहुने प्रदर्शनीका संयोजक एवं रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले जानकारी दिए । प्रदर्शनीको उद्घाटन समारोहमा उर्जामन्त्री राधा ज्ञवाली,नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा,उपाध्यक्ष बासुदेव गोल्यान लगायतका अतिथिहरुले सम्बोधन गर्ने प्रदर्शनी सचिवालयले जनाएको छ ।
प्रदर्शनीमा स्वदेशी उद्योगका उत्पादन र सेवाका पांचसय स्टल राखिएका छन । बुटवल–१२ स्थित बुटवल मण्डपमा १५ दिनसम्म चल्ने प्रदर्शनीमा ५ लाख बढी दर्शक र १५ करोड रुपैयां बढीको आर्थिक कारोबार हुने लक्ष्य लिएको रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिए
यसैबीच प्रदर्शनीको पुर्वसन्ध्यामा आइतबार बुटवलमा वृहत जनचेतना ¥याली निकालिएको छ । नौमति बाजा, प्रहरीको ब्याण्डबाजा,मयुर नाच र झांकीसहित बुटवल मण्डपबाट शुरु भएको ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाइन, बीपीचोक,ट्राफिकचोक,श्रवणपथ,धर्मपथ,सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थल बुटवल मण्डपमा पुगेर समापन भएको थियो । ¥यालीमा विभिन्न उद्योग प्रतिष्ठान,सामाजिक तथा धार्मिक संघसंस्था,युवा क्लब, आमा समुह,कृषक समूह, टोल समिति, भजन टोली, स्कुल–कलेज, विद्यार्थी, शिक्षक, जातीय संघसंस्था गरी ५१ समूहको सहभागिता रहेको ¥यालीका संयोजक चन्द्रकान्त खनालले जानकारी दिए । सहभागीमध्ये तमु पेल्हु संघ बुटवल प्रथम,थारु कल्याणकारिणीसभा (रन्यौरा युवा क्लब) द्वितीय र सिद्धबाबा धाम विकास समिति बुटवल तृतीय भए । यस्तै मगर संघ वडा समिति बुटवल १०,शिवशक्ति सोप एण्ड केमिकल इण्डस्ट्रिज बुटवल,क्षत्री समाज रुपन्देही, रुपन्देही डेरी व्यवसायी संघ र सिद्धेश्वर लालकुमारी उच्च मावि बुटवल सान्त्वना भएका छन् । उनीहरुलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी र संघका अध्यक्ष बोनिन पियाले प्रशंसापत्र प्रदान गरे ।

0 comments
तपाईंको प्रतिकृया