Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सार्वजनिक यातायातको भाडा घट्यो, हवाई भाडा पनि घट्यो

काठमाडौं । सार्वजनिक यातायातका साधनको यात्रु भाडा दर घटाउने सरकारको निर्णय आजदेखि लागू भएको छ। सवारी साधनमा प्रयोग हुने इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायात भाडा दर १ प्रतिशत घटाउने सरकारको निर्णय आजदेखि लागू भएको हो।
सार्वजनिक यातायातका साधनमा प्रयोग हुने इन्धन डिजेलको मूल्य चार महिनायता पटकपटक गरी १३ रुपैयाँले घटेपछि सार्वजनिक यातायातका साधनको भाडा घटाउनुपर्ने आवाज चौतर्फी उठ्न थालेपछि सरकारले भाडा घटाउने निर्णय गरेको थियो। यातायात व्यवस्था विभागको सिफारिसमा सरकारले १ देखि २।७३ प्रतिशतसम्म भाडा घटाएको छ। 
नयाँ भाडादरअनुसार यात्रुबाहक सवारी साधानमा एक प्रतिशत, ढुवानीतर्फ तराईमा चल्ने ट्रक तथा कन्टेनरमा २।०७ प्रतिशत र पहाडमा चल्नेमा २.७३ प्रतिशत भाडा घटेको छ।
हवाई भाडा पनि घट्यो
यसैविच नेपाल वायुसेवा निगमले बुधबारदेखि हवाई भाडा घटाएको छ । इन्धनको मूल्य घटेपछि कम्पनीले भाडामा न्यूनतम १०९ रुपैयाँदेखि ३८६ रुपैयाँसम्म घटाएको हो ।
नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीअनुसार आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ घटाएको थियो । तेलको भाउ घटेपछि निगमसहित निजी क्षेत्रका एयरलाइन्सहरुले पनि भाडा घटाएका छन् ।
निगमका अनुसार सबैभन्दा कम सिमराका लागि प्रतिव्यक्ती १०९ रुपैयाँ भाडा घटेको छ भने सबैभन्दा बढी धनगढीका लागि ३ सय ८६ रुपैयाँ घटेको छ ।

0 comments

तपाईंको प्रतिकृया