Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘संविधान नबने लोकतन्त्र कमजोर’

बुटवल ।  मावन अधिकारकर्मि कृष्ण पहाडीले सबिधान नवने लोकतान्त्रीक शक्ती कमजोर हुने बताएका छन । उनले दलहरुले अहिले पनि सबिधान जारी गर्न नसके अराजकबादीहरुको शक्ती हावि हुने बताए  ।
 अन्तर्राष्ट्रिय समुदायको कुनै ठेगान नहुने बताउदै दलबाहिरको अन्य शक्तीलाई समर्थन गर्न नहुने तर्क गरे । मानव अधिकार तथा शान्ती समाज रुपन्देहीले आईतवार बुटवलमा गरेको अन्तरसम्वाद कार्यक्रमा उनले अहिले मुुलुक तदर्थबादमा चहिलेरहेको भन्दै त्यसको अन्त्यको लागी दलहरु सयममै सविधान जारी गर्नुपर्ने बताए । माघ ८ गते सबिधान सभाको पहिलो मस्यौदा ल्याउन दलहरुलाई आग्रह गर्दे पहिलो मस्यौदा माघ ८ जारी गर्नुपर्ने र ७२ सालको  सुभकानासगै पुर्ण सैविधान जारी गनुपर्ने बताए । 
सभासद अब्दुल रज्जाकले सबधिान निमार्ण गर्न सबिधान सभा भित्र र बाहीर रहेका दलहरु दवाव दिनुपर्ने बताए । उनले आफुहरुलाई  ठुला नेता समयमै सबधिान जारी गर्नको दवाव  दिएको भन्दै प्रकियामा गएर भएपनि सबधिान सभाले सबधिान जारी गर्नुपर्ने बताए ।  मानव अधिकार तथा शान्ती समाजका केन्द्रय  सभापति  गंगाधर अधिकारीले  मावन अधिकार मैत्री सबिधान निमार्ण गर्न  दलहरुलाई सबैले दवाद दिनुपर्ने बताए ।   समाजका अध्यक्ष लालहरी पाण्डेको अध्यक्षता भएको कार्यक्रमा एमाओवदीका नेता यज्ञ पोखरेल ,समाजका महासचिब उत्तम पुडासैनी , सचिव गोबिन्द खनाल लगायतले वोलेका थिए । 

0 comments

तपाईंको प्रतिकृया