पौष २ देखि दैनिक १० घन्टा लोडसेडिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी पौष २ गते बुधबारदेखि दैनिक १० घन्टा लोडसेडिङ गर्ने भएको छ । यसअघि दैनिक आठ घण्टामात्र लोडसेडिङ हुँदै आएको थियो ।
प्राधिकरणमा लोड अत्याधिक बढेको, पहिरोबाट क्षति भएका विद्युत गृहहरु अहिलेसम्म सञ्चालनमा ल्याउन नसकेकोले तालिका परिवर्तन गर्नु परेको जनाएको छ ।
नयाँ तालिका अनुसार उपत्यका भित्र तोकिएका समयमा र उपत्यका बाहिर तोकिएको समयभन्दा पाँच मिनेट पछि लोडसेडिङ हुनेछ । त्यस्तै परिस्थित अनुकुल वा प्रतिकुल भए एक घण्टा आकस्मिक लोडसेडिङ हुने पनि प्राधिकरणले जनाएको छ ।


0 comments
तपाईंको प्रतिकृया