Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेपाल जेसीजको अध्यक्षमा श्रेष्ठ, महासचिवमा पोखरेल

बुटवल । नेपाल जेसीजको ४१ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा म्याग्दी जेसिजका पुर्वअध्यक्ष धनञ्जयकुमार श्रेष्ठ निर्वाचित भएका छन् । निकटम प्रतिद्धन्द्धी पोखरा जेसीजका रविन्द्र गुरुङलाई हराउँदै उनी राष्ट्रिय अध्यक्षमा निर्वाचित भए । श्रेष्ठले ९९३ र गुरुङले ५७६ मत ल्याएका छन् । निर्वाचनमा १३८ शाखाबाट १ हजार ६ सय ६५ भोट खसेको थियो । म्याग्दी जेसीजका संस्थापक महासचिव श्रेष्ठ २००४ मा शाखा अध्यक्ष र २०१० मा नेपाल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भएका थिए ।
अध्यक्ष श्रेष्ठले जेसिजको महासचिवमा जगतबहादुर पोखरेल, कोषाध्यक्षमा बिष्णु लम्साल र कानुनी सल्लाहकारमा विश्वम्भर प्याकुरेललाई मनोनित गरेका छन् । बुटवल जेसिजका पुर्व अध्यक्ष समेत रहेका पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । महासचिवमा मनोनित गर्ने आश्वासन पछि उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएनन ।
कार्यकारी उपाध्यक्षमा रिता न्यौपाने, मनिष रमण शाह, अञ्जनीकुमार पराजुली र प्रकाशप्रसाद अधिकारी बिजयी भए । अरु १२ उपाध्यक्ष पदका लागि पनि निर्वाचन भएको थियो । अध्यक्ष, ४ कार्यकारीणी उपाध्यक्ष र १२ उपाध्यक्ष पदका लागि २९ जना चुनावी प्रतिस्पर्धामा थिए ।  पुष ११ गतेदेखि १३ गते सम्म नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन काभ्रेमा भएको हो ।

0 comments

तपाईंको प्रतिकृया