जनजाति नेतावीच बाझाबाझ
बुटवल । नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलामा जनजाति नेतावीच बाझाबाझ भएको छ । संविधानसभा सदस्य समेत रहेका महासचिव पेम्बा भोटेमाथि पूर्वमहासचिव आङकाजी शेर्पा पक्षधरले आक्रमण गरेपछि विवाद शुरु भएको हो ।
बुधबारदेखि बुटवलमा शुरु भएको जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलामा महासचिव भोटेले बोल्दाबोल्दै माइक खोस्न पुगेका शेर्पा पक्षधरले आक्रमण गरेका हुन् । उनीहरुले अध्यक्ष नागेन्द्र कुमाललाई पनि गालीगलौज गरेका थिए ।
महासचिव पेम्वा भोटेले उद्घोषणका क्रममा आफू र महासंघमाथि आङकाजी शेर्पाले लगाएको आरोपको खण्डन गरेपछि शेर्पा पक्षधरले मञ्चमै गएर हातपात गरेको बताईएको छ ।
प्रतिनिधिले बोलेको कुरालाई खण्डन किन गरेको भन्दै शेर्पा पक्षधरले मञ्चमै गएर हात हाल्न थालेपछि जनजातिवीचको झगडा मिलाउन प्रहरीलाई हम्मेहम्मे भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नेपाल आदवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमार कुमालल भेलाले आदिवासी जनजाति एकिकृत हुने दावी गेरका छन् । पहिचान सहितको संघियता हुनै पर्ने माग गरेका छन् । अव बन्ने संविधानमा जनजातिको अधिकार समेटिएन भने सडक आन्दोलन थाल्ने चेतावनी दिएका छन् । जनजाति महासंघले पहिचानमुखी आन्दोलन भएकाले तुलाधरको मोर्चा मान्य नहुने बताएका छन् ।
नेपाल आदवासी जनजाति महासंघका निर्वतमान अध्यक्ष राजकुमार लेखी थारुले र्,सुशील ,केपी,प्रचण्ड र गच्छेदारको झुठो आश्वासनको पछि नदौडिन आदिवासी जनजाति समुदायलाई लेखीले आग्रह गरेका छन् । लेखीले आदिवासी जनजाति आन्दोलनभित्र पनि ५,१० जना नेतामा सामन्ती र ब्राहमणवादी प्रवृति रहेकाले त्यसको विरुद्ध पनि लड्न आह्वान गरेका छन् ।
भेलामा आङकाजी शेर्पा,शर्मिला तामाङ, थारु कल्याणकारणी सभाका केन्द्रिय अध्यक्ष धनिराम चौधरी महसंघका हिमालबाट प्रनिधित्व गर्ने टासु ह्लमु,पहाडका प्रतिनिधिले आ–आफनो मन्तव्य राखेका थिए ।भेलामा आदिवासी जनजातिहरुको पहु“च पुग्ने संघीयता र शासकीयस्वरुपबारे पनि छलफल हुने बताइएको छ ।दुई दिने राष्ट«िय भेलामा ७५ वटै जिल्लाका जिल्ला सभापति र एक जना महिला प्रतिनिधि गरी १३० को सहभागी छ ।

0 comments
तपाईंको प्रतिकृया