Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तमु ल्होसारको रौनक

बुटवल । गुरुङ समुदायले आज धुमधामका साथ तमु ल्होसार मनाएका छन । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होसारका रुपमा मनाउँदै आएका छन् ।
तमु ल्होसार गुरुङ जातिहरुको महान् चाड हो। यो चाड खासगरी नेपालका साथै विश्वका अन्य देशहरूमा पनि मनाइन्छ। ल्होसार गुरुङहरुको नयाँ वर्ष हो । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सवंत सुरु भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गर्ने गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ। ल्होसारको दिन गुरूङ जातिहरु आफ्नै शैलीका भेषभुषा शिरवन्दी,मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् । तमु ल्होसारका दिन सरकारले सार्वजनिक विदा दिंदै आएको छ ।

0 comments

तपाईंको प्रतिकृया