Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
घरवाहल सम्वन्धी विधेयकमा घरधनीको पक्षपोषण

बुटवल । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयले व्यवस्थापिका संसदमा पेश गरेको घरवाहल सम्वन्धी विधेयकमा घर वाहलमा लिई व्यवसाय गर्ने र वासोवास गर्नेको हितमा नभएको जनाउदै त्यसलाई परिमार्जन गरेर मात्र पारित गर्न नेपाल घर वाहल सरोकार संघले आग्रह गरेको छ । 
मन्त्रि नरहरी आचार्यले ल्याएको मस्यौदामा घरधनी पक्षलाई मात्र पक्षपोषण गर्ने देखिएको भन्दै संघले घर धनी तथा वाहलमा वस्ने दुवै पक्षको हकहितलार्ई सुनिश्चित हुनु पर्ने माग गरको हो । नेपाल घर वहाल सरोकार महासंघका संयोजक तथा संघका जिल्ला अध्यक्ष शंकर कोईरालाले विधेयकमा वहालमा लिई व्यवसायी गर्ने तथा वसोवास गर्नेलाई मात्र वढि कसी लगाउन खोजिएको बताए । 
उनले भने–‘ घरको विमा रकम वाहालमा वस्नेले वेहोनुपर्ने जस्ता कुरा वहालमा वस्नेको हितमा छैन, घर वेटीलाई मात्र पक्षपोषण गरेको देखिन्छ । यो विधेयक परिमार्जन गरेर मात्र पारित गरिनु पर्दछ ।’ सरकराले अहिले सम्म पनि घर वहाल सम्वन्धी ठोस निती तथा ऐन ल्याउन सकेको छैन । अन्तरीम संविधानमा वहाल सम्वन्धी केही कुरा उल्लेख भएपनि घरवाहल कर कस्ले तिर्नु पर्ने भन्नेमा अन्यौल छ । 
अन्य मुलुकमा घर वहालमा लगाउने घर धनीले पान नं लिई भाडावाट आउने आम्दानी अनुसार राजयलाई कर तिर्ने व्यवस्था रहेको उनले बताए । तर नेपालमा घरवेटीले तिर्नु पर्ने वाहल कर वाहलमा वसेका व्यवसायीले तिर्दै आएका छन । घर वाहल सरोकार संघले घरवेटीले नै वाहल कर तिर्नुपर्ने व्यवस्था मिलाउन सरकारसंग माग गर्दे आएको छ ।  संघले विधेयकलाई परिमार्जन गरी घरधनी र वाहलमा वस्ने दुवै पक्षलाई हित हुने खालको ऐन वनाउन दवाव दिन राजनितीक दल तथा सम्वन्धीत मन्त्रालयमा डेलीगेशन जाने जनाएको छ । पुस १५ गते डेलिगेशन जान लागेको वरिष्ठ उपाध्यक्ष राजु लिगलले जानकारी दिए  । घरवाहल सम्वन्धी निती नवन्दा राजश्व चुहावट वढेको सल्लाहकार हरिष ढकाल वताउछन । उनि भन्छन–अधिकांस घर धनीले घरवाहल कर नै तिर्देनन ।’
 घर धनीले घरभाडा मार्फत प्राप्त हुने आम्दानीको १० प्रतिशत कर आन्तरीक राजश्व कार्यालयलाई वुझाउनु पर्छ । त्यसै गरी तिन प्रतिशत स्थानिय निकायलाई कर तिर्नु पर्छ । अधिकांस घर धनीको वाहल कर घर तथा सटर वाहलमा लिएर व्यवसाय गर्नेले तिर्दे आएका छ । 
यसै विच नेपाल घर वाहल सरोकार संघ रुपन्देहीको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन आज सोमवार हुने भएको छ । संघमा हाल ७ सय भन्दा वढि साधारण सदस्य, ३ सय ५० सक्रिय सदस्य तथा २५ जना आजिवन सदस्य रहेको महासचिव खगेन्द्र पौडेलले जानकारी दिए ।
 संघले घरवाहल सम्वन्धी समस्यालाई समाधान गर्न मध्यस्ताको भुमिका निर्वाह गर्दे आएको जनाएको छ । घरभाडा सम्वन्धमा मुलुकभरनै समस्या नै समस्या रहेकाले राष्ट्यि संजाल वनाउने कार्य भईरहेको तदर्थ समितीका संयोजक कोईरालाले बताए । अहिले सम्म २५ जिल्लामा साधारणसभा सम्पन्न भएको उनको भनाई छ । 

0 comments

तपाईंको प्रतिकृया