पत्रकारद्धारा इप्रकामा धर्ना
बुटवल । राजनितीक दलले गरेको प्रतिवद्धता अनुसार माघ ८ भित्रै संविधान जारी गर्न दवाव दिने उदेश्यले नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा मंगलवार इलाका प्रशासन कार्यालय बुटवलमा धर्ना दिईएको छ ।
महासंघको दोश्रो चरणको आन्दोलन अन्तर्गत महासंघले मुलुकभर जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयमा धर्ना दिएको हो । इप्रका बुटवलमा गरिएको धर्नामा यहांका विभिन्न संघसंस्था तथा पत्रकार सम्वद्ध संगठनले प्रतिवद्धता जनाउदै दवावमुलक कार्यक्रमलाई साथ दिने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष तथा सल्लाहकार हरि लम्साल, प्रेस स्वतन्त्रता सेनानी तथा संघका सल्लाहकार अर्जुन ज्ञवाली, पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण समितीका सदस्य दीपक ज्ञवाली, काहुरास्ट नेपालका केन्द्रिय सदस्य नेत्रवहादुर पाण्डे, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष प्रदिप आचार्य, प्रेस युनियनका जिल्ला अध्यक्ष विक्रम खड्का, इन्सेक प्रतिनिधी अमृत गिरी, जवाफदेहीता निगरानी समितीका रिमा विसी लगायतले वोलेका थिए । संघका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष यानेन्द्र जीसीको धन्यवाद ज्ञापन तथा सचिव रुद्रहरि कुंवरको संचालनमा कार्यक्रम भएको थियो ।


0 comments
तपाईंको प्रतिकृया