Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमालेले सहमतिवाटै पोलिटव्यूरो सदस्य चुन्ने

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल सर्वसम्मत रुपमा पोलिटव्यूरो सदस्य चयन गर्न सहमत भएका छन् ।
ओली निवास बालकोटमा दुई नेताबीच भएको सहमतिपछि पोलिटव्यूरो र स्थायी कमिटीमा सहमतिका आधारमा नेताहरुको चयन गर्ने निश्चित भएको छ ।
नेपाल निकट स्रोतका अनुसार स्थाय कमिटी २३ सदस्यीय हुने भएको छ । जसमा २१ जना पूर्ण र २ वैकल्पिक सदस्य हुनेछन् । हाल स्थायी कमिटी १७ सदस्यीय रहेकोमा अब मधेसी र दलित सहित ६ जना थपिने भएका छन् । त्यस्तै पोलिटव्यूरो सदस्यको संख्या ३९ बाट बढेर ४५ सदस्यीय हुने भएको छ । जसमा ३० जना पूर्ण र १५ जना वैकल्पिक सदस्य हुनेछन् ।
अध्यक्ष ओलीलाई सबै कमिटीमा बहुमत हुने गरी नेपाल पक्षले सम्माजनक स्थान पाउने भएपछि सहमति भएको स्रोतले जनाएको छ । अहिले स्थायी कमिटी बैठकमा नेताहरुबीचको सहमतिका आधारमा स्थायी कमिटी र पोलिटव्यूरोमा लैजाने सदस्यहरुको नाममाथि छलफल भइरहेको छ ।
स्थायी कमिटीको निर्णयपछि केन्द्रीय कमिटीमा नाम पेश भएर अनुमोदन गर्ने सम्भावना रहेको केन्द्रीय सदस्य माधव ढुंगेलल बताए । स्रोतका अनुसार स्थायी कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, किरण गुरुङ, लालबाबु पण्डित र रामप्रित पासवान थपिने सम्भावना छ । 

0 comments

तपाईंको प्रतिकृया