अनलाईन पत्रकारिताको प्रभाव वढ्दो
बुटवल । नेपाली पत्रकारितामा सोसल– अनलाईन मिडियाको प्रभाव वढ्दै गएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन । उनिहरुले पछिल्लो समयमा समाजमा अनलाईन मिडियाले राम्रा प्रभाव जमाउन सफल भएको बताउदै त्यसलाई व्यवस्थित र मर्यादित वनाउनु पर्नेमा जोड दिए । अनलाईन पत्रकारिताको भविष्य उज्जवल रहेपनि विद्यमान ऐन कानुनले चुनौती थपिएको अनलाईन मिडिया संचालकहरुले बताएका छन । उनिहरुले पछिल्लो समयमा अनलाईन न्युज पोर्टलहरु लोकप्रिय वन्दै गएको वताउदै संचालनको लागी प्रयाप्त ऐन कानुन नभएकाले समस्या भएको बताए ।
नेकपा एमालेको मुखपत्र नवयुग मासिकको रजतमहोत्सवको अवसरमा बुधवार बुटवलमा समाचार मुलक अनलाईन मिडिया संचालकहरुसंग भएको छलफलमा एमालेका सचिव प्रदिप ज्ञवालीले अनलाईन पत्रकारिताको नेपालमा राम्रो विकास भएपनि तिनीहरुको नियमन गर्ने आधिकारीक निकाय तथा कानुनको अभावमा चुनौती रहेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले अनलाईन पत्रिकारिता आशालाग्दो रुपमा विकास भएको बताउदै मुलधारको पत्रिकारितामा समाहित वन्दै गएको बताए । उनले मिडियामा हुने समाचार चोरीले विकराल अवस्था निम्ताएको बताउदै त्यस तर्फ ध्यानदिन पत्रकारहरुलाई आग्रह गरे । उनले समचारमुलक अनलाईनहरुलाई प्रेस काउन्सीलले नियमित अनुगमन गर्नुपर्ने सुझाव आएको बताए ।
कार्यक्रममा सुर्य थापाले कार्यपत्र प्रस्ुतत गर्दे सोसल–अनलाईन मिडियालाई व्यवस्थित वनाउन आचारसहित तर्जुमा गरी लागु पर्नेखाचो रहेको बताए । उनले विद्युत कारोवार ऐन २०६३ द्धारा अनलाईन पत्रिकालाई नियन्त्रण गर्न खोजेको वताउदै यसलाई व्यस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताए । कार्यक्रममा पत्रकार डिआर घिमिरे , पुलेसो डटकमका म्यानेजिङ इडिटर खिम भण्डारी लगायतले वोलेका थिए । भेलामा बुटवलवाट संचालन हुने न्युट पोर्टल अनलाईन मिडिया संचालक सम्पादकको सहभागिता रहेको थयो । सुपरखवर डटकमका संचालक तथा प्रधान सम्पादक रुद्रहरि कुवर , लुम्विनी टाईम्स डटकमका प्रधान सम्पादक सिपि खनाल, इखवरनेपाल डटकमका संचालक सम्पादक डि आर घिमिरे, लालीगुरास डटकमका प्रधान सम्पादक संचालक शिद्धिचरण भट्टराई लुम्विनी भ्यु डटकमका संचालक दीपक ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।

0 comments
तपाईंको प्रतिकृया