विमान बेपत्ता : ४० शव भेटियो
जाकार्ता (इन्डोनेसिया) । हराइरहेको एयर एसियाको फ्लाइट क्युजेट ८५०१ को खाजी कार्यमा संलग्न अधिकारीहरुले जाभा समुन्द्रबाट कम्तीमा पनि ४० जनाको शव निकाल्न सफल भएको बताएको छ ।
समुन्द्रमा भेटिएका लगभग १० वटा पार्टपूर्जालाई संकलन गर्ने क्रममा हराइरहेको विमानमा सवार यात्रुहरुको लास देखिएको हो । यद्यपी, उक्त पार्टपूर्जाहरु विमानको नै हो कि होइन भनेर अहिलेसम्म पुष्टि भएको छैन ।
इन्डोनेसियाको सुरबायाबाट सिंगापुरतर्फ गइरहेको A320-200 एयरबसमा १६२ व्यक्ति सवार थिए ।
लास बरामद भएपश्चात् यात्रुका आफन्तहरु अंगालो मार्दै रोइरहेको दृश्य त्यहाँका स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । खोजी कार्य तेस्रो दिनमा आइपुग्दासम्म यसको क्षेत्रफललाई वृद्धि गरिएको छ । इन्डोनेसियाको टेलिभिजनले देखाएको प्रत्यक्ष प्रसारणमा पार्टपूर्जासहित तैरिरहेको लास पनि देख्न सकिएको बताएको छ ।


0 comments
तपाईंको प्रतिकृया