Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
माघ ८ मा संविधान आउदैन : खाड

‘सहमतीको संभावना क्षीण, प्रकृयामै गएपनि ३–४ महिना लाग्छ’
सुपरखबर संवाददाता
बुटवल । सत्तारुढ दलका कतिपय नेताहरुले माघ ८ गते भित्रै जसरी पनि संविधान जारी हुने बताईरहेका बखत नेपाली कांग्रेसका एक नेताले माघ ८ मा कुनै पनि हालतमा संविधान जारी गर्न नसकिने बताएका छन । 
 सभाषद तथा नेपाली कांग्रेसका नेता वालकृष्ण खाडले केही गरेपनि माघ ८ मा संविधान जारी नसकिने बताएका हुन । ‘राजनितीक दलविच सहमतीको संभावना क्षीण छ प्रकृयामै गएपनि ३–४ महिना लाग्छ कसरी माघ८ मा संविधान जारी  हुन्छ ?’ उनले भने . तर उनले कुनै चमत्कारीपुर्ण रुपमा दलहरुविच सहमती भए संविधान हुन सक्ने बताए । उनले सहमतीको प्रकृया अवरुद्ध हुदा जनतामा निरासा आएको बताए  ।  
बुधवार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने– संविधान सहमतीको दस्तावेज हो कुनै पनि राजनितीक शक्तिलाई वाहिर राखेर संविधान वनाउन सकिदैन ।’ उनले नेताहरु जनतालाई सत्य कुरा वताउन नसेकको वताउदै नहुने कुरालाई हुन्छ भन्नु राजनितीक वेईमानी भएको बताए । उनले राष्ट्यि सरकार गठन गरेपछि मात्र संविधान जारी हुने बताए ।‘माघ ८ गते भित्र राष्ट्यि सरकार गठन भयो भने सहमतीको संविधान बन्न सक्छ ।’ उनले भने– सहमतीको संविधान ल्याउन सरकारमा आउन आग्रह गरेका हौं ।’ 
एमाओवादी संवैधानिक प्रकृया अवलम्वन नगर्ने पार्टी भएको टिप्पणी गर्दे उनले एमाओवादीले भने जस्तो संविधान नआउने देखेपनि सडक आन्दोलनमा गएको बताए । फरक प्रशंगमा नेता खाडले एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्पतिमा आकाक्षा नगरेको बताए । ‘उहा राष्ट्पति बन्न चाहेको भए पहिले बनाईदिन्थ्यौ उहा सेरेमोनियल होईन कार्यकारी राष्ट्पति हुन चाहनु भएको छ । 

0 comments

तपाईंको प्रतिकृया