Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
हिसानमा नयाँ नेतृत्व चयन

बुटवल । उच्च माध्यमिक विद्यालय संघ ( हिसान) रुपन्देहीको सम्पन्न तेस्रो जिल्ला अधिवेशनले अनन्तराम शर्माको अध्यक्षतामा १४ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमाद्वय कृष्ण पौडेल र सुशील ढकाल, सचिवमा लक्ष्मण ज्ञवाली, कोषाध्यक्षमा दिनेश भुषाल, सह–सचिवमा डिल्लीनारायण पाण्डेय चयन भएका छन । त्यस्तै सदस्यहरुमा मधुप्रकाश ज्ञवाली, पुर्षाेतम बस्याल, अमृत शाही, महेश पाण्डे, कृष्ण न्यौपाने, लेखनाथ पौडेल, राजेश जोशि, बाबुराम खनाल रहेका छन । कार्यक्रममा  केन्द्रीय उपाध्यक्ष रामचन्द्र आचार्य, केन्द्रीय सदस्य लोकनाथ उपाध्याय, जिल्ला सल्लाहकार दामोदर भुषाल, मिनबहादुर पुन, अधिवक्ता कृष्णप्रसाद पाण्डे लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

0 comments

तपाईंको प्रतिकृया