प्राध्यापक संगठनमा नयां नेतृत्व
बुटवल । नेपाल राष्ट्यि प्राध्यापक संगठन इकाई समिती बुटवल वहुुमुखी क्याम्पस वुटवलको नयां नेतृत्व चयन गरिएको छ ।
शुक्रवार भएको भेलाले उप–प्राध्यापक मेघराज आचार्यको अध्यक्षतामा ७ सदस्यीय समिती सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा यज्ञमुर्ति पाण्डे, सचिवमा वैकुण्ठ पाण्डे, सह–सचिवमा महेश पाण्डे, कोषाध्यक्षमा प्रकाश पौडेल तथा सदस्यहरुमा माया उपाध्याय र उप–प्राध्यापक तारानाथ भट्टराई रहेका छन ।
त्यसै गरी भेलाले संगठनको गतिविधीलाई शसक्त र चुस्त रुपले अगाडी वढाउनको लागी विभिन्न प्रस्तावहरु पारित गर्दे संगठनलाई अग्रगामी शक्तिहरुको एउटा साझा मन्चको रुपमा विकास गर्नु पर्नेमा जोड दिएको छ । कार्यक्रम सह–प्राध्यापक डा। शिवप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो । नव निर्वाचित कार्यसमितिलाई उप–प्राध्यापक अजय कस्यपले वधाई तथा शुभकामना दिएका थिए ।

0 comments
तपाईंको प्रतिकृया