Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
विप्लव गैर कम्युनिष्ट व्यक्ति : गुरुङ

बुटवल । नेकपा–माओवादीका सचिव देव गुरुङले केही समय अघि पाटी फुटाएर गएका नेता नेत्रविक्रम चन्द विप्लवलाई गैर कम्युनिष्ट भएको आरोप लागाएका छन । विप्लपको स्पष्ट अडान र एजेन्डा नभएकाले उनी कम्युनिष्ट नभएको गुरुङको दावी छ। उनले विप्लवकोनवगठित नेकपा माओवादी एजेन्डा बिनाको पार्टी भएको बताए ।
नेकपा–माओवादीले आज विहान बुटबलमा गरेको पत्रकार सम्मेलनमा नेता गुरुङले एजेन्डा बिनाको पार्टीको कुनै अर्थ नहुने बताए । उनले भने– पदका लागि पार्टी फुटाउँदै हिँड्दा कम्युनिष्ट आन्दोलन नै धरापमा छ ।’

नेता गुरुङले एमाओवादीसंग सहकार्य गर्न तयार रहेको बताएका छन । उनले अध्यक्ष प्रचण्डले आत्मआलोचना गरे पार्टी एकीकरण गर्न नसकेपनि धेरै विषयमा सहकार्य गर्न सकिने बताएका हुन । पार्टी प्रशिक्षण तथा भेलाको लागी यहा आएका नेता गुरुङले  चन्दलार्इ भगौडाको संज्ञा दिएका छन । 

0 comments

तपाईंको प्रतिकृया