तेल चोरी प्रकरणमा मालिकलाई सफाई, चालकलाई जेल
बुटवल । रुपन्देहीको भलवाडी स्थित नेपाल आयल निगमको क्षेत्रिय डिपोमा ल्याउने पेटृोलियम पदार्थ चोरी प्रकरणमा अभियोग लागेका १४ जना गाडी मालिकले जिल्ला अदालत रुपन्देहीवाट चोरी प्रकरणमा सफाई पाएका छन ।
अदालतका मुख्य न्यायाधिश बाल चन्द शर्माको इजलासले बुधवार गरेको फैसला अनुसार पेटृोलियम पदार्थ चोरी प्रकरणमा अभियोग लागेका तथा ढुवानी कर्र्ता भनि मुद्दा दायर गरिएका चोपनारायण श्रेष्ठ सहित १४ जना गाडी मालिकलाई सफाई दिएको छ भने ९ जना चालकलाई चोरी प्रकरणमा ठहर गरेको जिल्ला अदालत रुपन्दहीका रजिष्टार श्याम घिमिरेले बताउनु भयो ।
चोरी अभियोग लागेका चोप नारायण श्रेष्ठ निजकी श्रीमती लक्ष्मी श्रेष्ठ, बालकृष्ण गैरे, प्रेम गैरे ,दिनेश गैरे, श्रीमती सन्जु श्रेष्ठ प्रधान , दया शंकर कसौधन प्रिती जैसवाल, पिन्की जैसवाल, लक्कु चौधरी,, राजेश अग्रवाल लगाएतका १४ जनाले पेटृोलियम पदार्थ चोरी प्रकरणमा सफाई पाएका छन ।
त्यस्तै पेटृोलियम पदार्थ चोरी प्रकरणका ९ जना चालक चोरी प्रकरणमा ठहर भै एक महिना जेल सजाय पाउने फैसला भएको रजिष्टार श्याम घिमिरेले बताए । चोरी अभियोगका ३ जना चालक भने अदालतमा अनुपस्थित भएकाले उनिहरुको फैसला मल्तवीमा रहेको जनाईएको छ ।


0 comments
तपाईंको प्रतिकृया