माघ ८ मै संविधान ल्याउने प्रयासमै छौ : प्रचण्ड
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्धारित समय मै संविधान ल्याउने प्रयास जारी रहेको बताएका छन् ।
शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापडले निर्धारित समयमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले शनिवार दाहाल निवास लाजिम्पाटमा बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले माघ ८ मै संविधान ल्याउन सहमतिको प्रयास भइरहेको बताए । विवादित बिषयमा सहमतिको अधिकतम प्रयास भैरहेको उनको भनाई छ ।
संघीयताको मुलभूत विषयमा बहस भैरहेको र छिट्टै निकास निस्कने पनि विश्वास पाउने भन्दै प्रचण्डले दलहरु संविधान निर्माणमा गम्भीर भएर लागेको बताए ।
ज्ञापनपत्र बुझाउँदै नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अन्जनीकुमार झाले दलहरु झिना मसिना बिषय छोडेर संबिधान निर्माणमा केन्द्रीत हुनुपर्ने बताए ।


0 comments
तपाईंको प्रतिकृया