Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कलाकारले भुलाए दर्शक

बुटवल । दर्जन न्यानोका कपडा लगाएपनि थुरथुर कमाउने बुटवलको लज्जालु चिसोले  गायिका कृष्णा गुरुङलार्इ भने छोएन ।  रात छिप्पीदै जादा उनि पातलो पहिरनमा स्टेजमा देखा परिन । आजभोली लोकगायिकाहरु पनि भल्गर पहिरनमा आफूलाई सजाउन बांकी राख्दैनन । 
गायिक ज्योति मगर भड्किलो पहिरनले वेला वेलामा चर्चामा आउछिन । थुरथुर मुटु कमाउने चिसोमा कृष्णालाई के सनक चढेछ कुन्नी सोमवार साझ वुटवल मण्डपमा देखिईन एकसरो कपडामा भनि हालिन– हेलो वुटवल , म वुढि कन्या , कोही छ हिम्मत गर्ने । म वुढी कन्या बसेको केटा नपाएर होईन निधारमा नलेखेर हो ।’ अनि युवाहरुलाई जोस्याउदै गाउन थालिन– निधारमा लेखेसी।।। ।   
गायिका कृष्णा गुरुङ, लोकप्रिय गायक रामकृष्ण ढकाल लगायतले सोमबार बुटवलमा आफ्नो प्रस्तुतिमार्फत संगीतपारखी दर्शकलाई भरपुर मनोरन्जन दिए ।   
बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सवको सांस्कृतिक कार्यक्रममा लोकप्रिय गायक ढकालले आफ्ना आधा दर्जन बढी गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध  पार्दै नचाए । 
‘मन पराउने हजार भेटिन्छन्’ गीतबाट प्रस्तुति शुरु गरेका ढकालले पहिलो गीतबाटै यत्रतत्र छरिएका दर्शकलाई स्टेजको सामुन्ने एकत्रित गर्दै माहोल तताए । आफ्नो दोस्रो प्रस्तुतिस्वरुप ‘चरीले त छोडेर गै गयो’ गाउंदै स्टेजबाट फ्लोरमा झरेका ढकालले दर्शकको राम्रो साथ पाए । 
त्यसपछि स्टेजमा ‘बांचुन्जेलीलाई’  गाएका रामकृष्णले चौथो गीत ‘ओराली लागेको हरिणको चाल भो’ पुनः फ्लोरमा झरेर दर्शकको माझमा गाउंदा बुटवल मण्डपको सांगीतिक माहोल निकै तात्यो । अधिकांश दर्शकले ढकालसंगै गाएर,ताली पिटेर साथ दिंदै गर्दा प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे हम्मे प¥यो । 
 ‘पहाडको छुकछुके रेल’ र ‘माया गर्नेको चोखो माया’ गाएर भ्याउंदा पनि दर्शकले वान्समोरको हुटिङ गरिरहे । अन्तिममा ढकालले चलचित्र सीमारेखाको ‘छिटको गुन्यु’ गीतमार्फत आफ्नो प्रस्तुतिको बीट मार्दै आफ्ना प्रशंसकलाई शान्त पारे । सोमबार चर्चित लोकदोहोरी गायक चन्द्र शर्मा, प्रदर्शनी आइडलका ६ जना कलाकारको प्रस्तुतिले पनि दर्शकलाई मनोरन्जन दिलाए । 

0 comments

तपाईंको प्रतिकृया