‘लोकतन्त्रको अनुभुति गराउन स्थानिय निकायमा सुशासन’
बुटवल । नागरिकलाई लोकतन्त्रको अनुभुति गराउन स्थानिय निकायमा सुशासन कायम राख्नु पर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका छन ।
मानवअधिकार मैत्री विकास निर्माण, भ्रष्टचार मुक्त पारदर्शी स्थानिय निकायले दिने सेवाले मात्र लोकतन्त्रको अनुभुति गराउने उनिहरुको भनाई छ । उनिहरुले स्थानिय निकाय उपमहानगर पालिका, नगरपालिका तथा गाविसहरुमा सु शासन कायम गराउन सेवाग्राहीको पनि महत्वपुर्ण भुमिका हुने बताए ।
मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) रुपन्देहीको आयोजनामा ‘नेपालमा स्थानिय निकायमा सामाजिक जवाफदेहीता’ विषयमा आईतवार वुटवलमा सरकोकारवालाहरुसंग गरिएको अन्तरक्रियामा सहभागिहरुले स्थानिय निकायमा जननिर्वाचित प्रतिनिधी नुहुदा कामकारवाहीमा असहजता थपिएको बताए ।
कार्यक्रमा इलाका प्रशासन कार्यालय वुटवलका प्रमुख उप सचिव शंकरहरि आचार्यले स्थानिय निकायको सेवा प्रभावकारी पारदर्शी र जवाफदेही वनाउन सेवाग्राहीको पनि महत्वपुर्ण भुमिका हुने बताए ।
रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकवहादुर थापाले शिक्षा क्षेत्रमा भएका अनियमितता हटाउन आफ्नो पहल रहेको वताउदै जिल्लालाई पुर्ण साक्षर युक्त जिल्ला घोषणा गर्नको लागी सवैको पहल आवश्यक रहेको बताए ।
राष्ट्यि मानवअधिकार आयोग उप क्षेत्रिय कार्यालय वुटवलका प्रमुख दीपकजंग ध्वज कार्कीले विकास निर्माणको योजना वनाउदा नै मानवअधिकार मैत्री योजना वनाउनु पर्ने आवश्यकता औल्याउदै उनले धेरै संरचनाहरु अधिकार मैत्री नभएको बताए ।
वुटवल उपमहानगरपालिकाका वरिष्ट अधिकृत भुवाप्रसाद लुईटेलले शुसाननमा जनसहभागिता महत्वपुर्ण विषय भएको बताउदै नगरपालिकाले तल्लोस्तर सम्म पनि सहभागिताको लागी टोल समिती सक्रिय रहेको बताए ।
जिल्ला विकास समिती रुपन्देहीका योजना शाखा प्रमुख एक नारायण खनालले सेवाग्राहीलाई सन्तुष्टी दिने गरी सेवा दिन सकेमा स्थानिय निकाय जवाफदेही वन्न सक्ने बताए । उनले योजना निर्माण गर्दा लक्षीत वर्गलाई प्राथमिकता दिने गरेको बताउदै स्थानिय निकाय जनप्रतिनिधी नहुदा केही असहजता आउने गरेको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर वहादुर केसीले लामो समय सम्म स्थानिय निकाय जनप्रतिनिधी विहिन भएको बताउदै त्यसले विकृती र विसंगति निम्ताएको बताए । स्थानिय निकायमा प्रतिपक्ष नहुदा राजनितीक दलहरु भागवण्डा र मितेमतोमा सहभागि हुदा विकृती वढेको बताउदै पत्रकारले प्रतिपक्षको भुमिका खेल्नु पर्ने बताए ।
सैनामैना नगरपालिकाका अधिकृत पुष्पराज पाण्डेले स्थानिय निकयमा शुसासन कायम गर्न समाजमा रहेका विभिन्न संघसंस्था नागरिक समाजसंग हातेमालो गर्न आवश्यकता औल्याउदै सहकार्य गर्न तयार रहेको बताए ।
संस्थाका अध्यक्ष नेत्रवहादुर पाण्डेको अध्यक्षता, सचिव राजेन्द्र कु“वरको संचालनमा भएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लालहरी पाण्डे, प्रेस युनियनका जिल्ला सभापति विक्रम खड्का, नेपाल आदीवासी जनजाति पत्रकार मन्चका अध्यक्ष टेक मास्की एस्कोनका सचिव सुमन गौडेल, पत्रकार तेजेन्द्र केसी, सोनु थापा लगायतले स्थानिय निकायलाई जवाफदेही बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा अध्यक्ष पाण्डेले विकास निर्माण, सामाजिक शुरक्षा भत्ता तथा सामुदायिक विद्यालयहरुले वितरण गर्ने छात्रवृत्तिको अनुगमन गर्न लागेको जानकारी दिए ।


0 comments
तपाईंको प्रतिकृया