एसएलसी ट्यालेन्ट हन्टको तयारी
शुभम् इभेन्ट म्यानेजमेण्ट प्लानिङ्ग एण्ड मार्केटिङ्ग प्रा. लि.बुटवलको आयोजनामा एस एलसी ट्यालेन्ट हन्ट हुन लागेको हो । नृत्य, गायन, वाद्यवादन, एकेडमी लगायतको विद्यामा प्रतिभाहरुलाई टयालेन्ट हण्डको प्रतिस्पर्धामा उतारिने प्रालिका म्यानेजर दिपक शर्माले जानकारी दिए । उनका अनुसार प्रतिभा छनोटको लागी ६ स्थानमा अडिशन हुने छ ।
बुटवल, भैरहवा , परासी , तोलिहवा , तानसेन र दाङ्गमा अडिशन हुने म्यानेजर शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । जसको लागी भोली सोमबारदेखी सहरका विभन्न ठाउमवाट फाराम बितरण गरिदै छ । चैत १५ , १६ , १७ गते भैरहवामा, १९ र २० गते परासीमा, २२ , २३ गते पाल्पामा , २५ र २६ गते तौहिवामा , २८ र २९ गते दाङ्गमा र बुटवलमा बैसाख्् १, २ , ३ गते पहिलो चरणको अडिशन हुने जनाइएको छ । ति अडिशनमा १० हजार जनालाई सहभागी गराउने आयोजकले लक्ष्य लिएका छन । १० हजार जना प्रतियोगी सहभागीवाट ५० जना छनोट गरी तिनीहरु लाई टे्निङ दिईने तथा प्रतिभाको मुल्याङनको लागी राष्ट्यि स्तरको कलाकार ल्याईने बताईएको छ । छनोट भएका १० जनालाई आकर्षक पुरस्कार प्रदान गरीने म्यानेजर शर्माले जानकारी दिए ।
ट्यालेन्ट हन्टमा प्रथम हुनेले प्रालिद्धारा सम्झौता भएका कलेजमा ११, १२ कक्षामा पुर्ण छात्रवृत्ति र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन । दोस्रो हुनेलाई अध्ययनमा ७५ प्रतिशत छुट तथा १५ हजार नगद पुरस्कार, तेस्रो हुनेलाई ५० प्रतिशत छुट र १० हजार नगद प्रदान गरिने छ । प्रतियोगता सहभागी हुनको लागी फाराम सुल्क ५ सय रुपया कायम गरिएको छ । फारम भरेका बिधार्थीहरुले प्रालीले सम्झोता गरेको कलेजमा भर्ना हुदा सूरु मै ५ प्रतिसत छुट पाउने छन । एसएलसी ट्यालेन्ट हन्ट सम्पन्न गर्न करिव २५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।


0 comments
तपाईंको प्रतिकृया