Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रहरीको कुटाईबाट आन्दोलनकारीको मृत्यु, जनजिवन दिनभर प्रभावित

धनुषा (रासस) । ३० दलीय गठबन्धनद्वारा आह्वान गरिएको मधेस बन्दका क्रममा जनकपुरमा आज एक आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुने महोत्तरी जिल्लाको एकराही घर भई जनकपुर उपमहानगरपालिका वडा नं ४ उत्तिमपुर बस्ने ३० वर्षीय राजाराम झा हुन् । प्रहरीले प्रहार गरेको लात्ती अण्डकोषमा परेपछि झा अचेत भएका थिए । बिहान ११ः४५ तिर जनकपुरको भमरपुरा चोकमा ट्राक्टरलाई रोक्ने क्रममा प्रहरीबीच झडप भएको थियो 
प्रहरीले भ्यानमा राखी उपचार गराउन जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको अस्पतालका चिकित्सकहरुले बताएका छन् । मृतक झा एनेकपा ९माओवादी०का कार्यकर्ता भएको बुझिएको छ । पेसाले उनी रिक्साचालक हुन् । प्रहरीले झाको मृत्यु कुटाइबाट नभएर हृदयाघातबाट भएको बताएको छ ।
  घटनापछि ३० दलीयको मोर्चाको बैठक बसेको थियो । बैठकले उचित क्षतिपूर्ती नदिएसम्म लास नउठाउने तथा  अनिश्चितकालीन धनुषा बन्दको आह्वान गरेका छन् । झाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । आन्दोलनकारीले अस्पताल हाताभित्र नारा जुलुस गरेर प्रहरी कारवाहीप्रति विरोध दर्शाएका छन् । यता सरकार बाहिर रहेका ३० दलिय मोर्चाले आव्हान गरेका मधेश बन्द तथा नेकपा–माओवादीको पश्चिमाञ्चल बन्दले जनजिवन दिनभर प्रभावित भयो ।  साझ ५ वजे देखी बन्द खोलपछि जनजिवन सामान्य वन्दै आएको छ।

0 comments

तपाईंको प्रतिकृया