रोट्याक्ट डाउन टाउनको अध्यक्षमा दमासे
बुटवल । रोट्याक्ट क्लव अफ बुटवल डाउन टाउनमा वर्ष २०१५–०१६ को लागी जनकप्रसाद दमासे पौडेललको नेतृत्वमा नया कार्यसमिती चयन गरिएको छ ।
जसको निर्वमान अध्यक्ष वालकृष्ण पाण्डे, इलेक्ट प्रेसिडेण्टमा तुल्सी आचार्य, नोमिनी प्रेसिडेण्टमा राजिव गौतम, प्रथम उपाध्यक्षमा अजित घताने, द्धितिय उपाध्यक्षमा भेषराज घिमिरे, तृतीय उपाध्यक्षमा मधु भट्टराई, चौथो उपाध्यक्षमा अर्जुन आचार्य, सचिवमा विमल ढकाल, कोषाध्यक्षमा लक्ष्मणपन्थी, सह–सचिवमा विक्रम मल्ल, सह कोषाध्यक्षमा समुन्द्र सिह ठकुरी , क्लव सर्भिस डाईरेक्टरमा रुद्रहरि कु“वर, कम्युनिटी सर्भिस डाईरेक्टरमा वरुण पौडेल, इन्टरनेशनलमा मनोज पाण्डे, प्रोफेस्नलमा राजेस वस्याल, भोकेस्नलमा नवराज सुवेदी फस्ट एट आम्समा पारस मणि पोख्रेल, सेकेण्डमा दिल्लीराज ढकाल जर्नालिष्टमा लक्ष्मण गौतम, इडिटरमा दीपक न्यौपाने, स्पोर्ट चेयर पर्समा रिपिन शाक्य रहेका छन ।
देवदह चरङेमा आयोजित १२ औ चाटर्स डेको अवसरमा क्लवका पदाधीकारी तथा वोर्ड सदस्यहरुको नाम सार्वजनिक गरिएको थियो । चाटर्स डेकै अवसरमा सिता माविका विद्यार्थीहरुलाई न्यानो कपडा तथा पौढ शिक्षा कक्षा शुभारम्भ गरिएको थियो । चाटर्स डे समारोहमारोटरी क्लव अझ बुटवल डाउन टाउनका अध्यक्ष नर बहादुर श्रीसले पौढ कक्षा संचालनको लागी पुस्तरक तथा स्टशनरी सामाग्री शिक्षाका इन्दिरा शर्मालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले ग्रामिण क्षेत्रमा रहेका विधालयहरुलाई सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा वताए ।
क्लवका अध्यक्ष बालकृष्ण पाण्डेको अध्यक्षता सचिव मधु भट्टराईको संचालनमा भएको कार्यक्रममा सिता माध्यमिक बिद्यालयका प्रधानाध्यापक महेश थैव , रोट्याक्ट क्लव अफ बुटवल डाउनका पुर्ब अध्यक्षहरु गणेशचन्द्र पोख्रेल, बाबुराम बजाण्डे , सल्लाहकार महेन्द्र ध्वजु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


0 comments
तपाईंको प्रतिकृया