Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मोडलिङमा करिअर खोज्दै सन्तोष (फोटो फिचर सहित)

 बुटवल । सन्तोष पौडेल मोडलिङ क्षेत्रमा अपरिचित नाम होईन । १ दर्जन भन्दा वढि लोक तथा आधुनिक म्युजिक भिडियोमा अभिनय गरिसकेका पौडेल अहिले पनि अभिनय मै व्यस्त छन । तिन वर्ष अघिदेखी मोडलिङ क्षेत्रमा आफ्नो करिअर खोजिरहेका छन उनि । 
‘तिम्रो मुटुको कुनै कुनामा मलाई राखिदेउ वोलको  आधुनिक गितमा अभिनयसंगै उनी मोडलिङ क्षेत्रमा होमिएका हुन । 
अहिले  उनि  विन्दवासिनी म्युजिक प्रालिले वजारमा ल्याउन लागेको १० म्युजिक भिडियो मध्येको २ म्यसजिक भिडियोमा अभिनय गरेर भर्खरै राजधानी फर्कका छन । ति म्युजिक भिडियो स्याङजाको विभिन्न मनोरम स्थानमा छा“यांकन गरिएको छ । १० वटै गितको भिडियो भिडियो स्याङजाको मिर्मि, र्मैदान, भालुपहाड, खिलुङ, वयरघारी र करेनडा“डा लगायतका स्थानमा छा“यांकन हुनेछ । 
‘हरियै छ संगैको डाली, आफ्नो मनै भाचियो यसपाली, मिल्छ भने ए दैब केहि उपाय देन, बैगुनी लाई गुनले मार्न सक्थे, होला सजिलै निस्टुरीलाई मायाले मार्न सकिएन।’ वोलको म्युजिक भिडियोमा मोडल सन्तोÈ पौडेल र सम्पदा बानियाले दमदार अभिनय गरे । जसमा स्वर प्रवेश पौडेल र मुना थापा मगर, लय र सब्द शिब सुबेदीको रहेको छ ।
कपिल लामा निर्देशनको निर्देशनमा भएको उक्त गितको भिडियो छायाङकन राजेश घिमिरले गरेका छन । त्यसै गरी ‘चरीले झै गूड सार्न नसकेर हो जाले रुमाल किनेको, रुदै रुदै हिंडेको, तिमी ले झै माया मार्न नसकेर हो ।’ म्युजिक भिडियोमा सन्तोÈ पौडेल र सुरुची लामिछानेको अभिनय छ  । शब्द तथा संगीत स्वर राजकुमार बगरको रहेको छ । निर्देशन कपिल लामाले गरका छन
भने  छायाङकन राजेश घिमिरेले गरेका छन ।  
गायक यम बराल, रामकृष्ण्ँ ढकाल, निशा देसार, मिलन अमात्य, प्रवेश पौडेल, श्रीयासी चेमजोङ, विमल डा“गी, राजकुमार बगर र मुना थापा लगायतका गायक गायिकाको स्वरमा १० वटा आधुनिक र लोक गीतको छिट्टै वजारमा ल्याउन लागिएको प्रालिका सन्चालक एवं निर्देशक सुबास रेग्मीले जानकारी दिए । 

0 comments

तपाईंको प्रतिकृया