Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
संविधानसभाको वैठक निरन्तर अवरुद्ध

काठमाडौं । सहमतीमा संविधान जारी गर्नु पर्ने  एकीकृत नेकपा माओवादीसहितका विपक्षी दलहरुको माग विपरित मतदान प्रकृयावाट संविधान निर्माण प्रकृया अघि वढाईएपछि तिन दिन देखी संविधानसभाको वैठक अवरुद्ध भएको छ । 
वुधवार पनि विपक्षी दलका सभासदहरुले नाराबाजी गरेका छन् । प्रक्रियाबाट संविधान जारी गर्न नपाइने भन्दै विपक्षी दलका सभासदहरुले नाराबाजी गरेका हुन् ।बैठकमा सभाध्यक्ष सुवास नेम्बाङले माघ ८ आउन लागेको भन्दै नाराबाजी नगर्न सभासद्हरुलाई आग्रह गरेका थिए ।  अहिले सभाध्यक्षले दिउँसो साढे एक बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

0 comments

तपाईंको प्रतिकृया