कक्षा ११ को परीक्षाफल आज सार्वजनिक हुदै
काठमाडौं । कक्षा ११ को परीक्षाफल आज सार्वजनिक हुने भएको छ । उच्च मावि शिक्षा परिषद्ले परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।
गएको जेठ १ गतेदेखि १२ गतेसम्म भएको परीक्षामा देशभरबाट ३ लाख ८३ हजार ४ सय ३ जनाले परीक्षा दिएका थिए । बितेका वर्षहरुमा मंसिर पहिलो हप्ता अघि नै परीक्षाफल प्रकाशित गर्ने परिषद्ले यसपाली ढिलाई गरेको हो । यसअघि पुस अन्तिम हप्ता प्रकाशित गर्ने भनिएको थियो ।
मोबाइलबाट एसएमएस गरि परीक्षाफल थाहा पाउन सकिने छ । त्यसका लागि परीक्षाफल सार्वजनिक भइसकेपछि मोबाइलको म्यासेज बक्समा टाइप गरी एक स्पेश दिएर आफ्नो सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गर्नु पर्ने छ ।


0 comments
तपाईंको प्रतिकृया