केही सहमती भएको छैन : एमाओवादी
काठमाडौं । प्रमुख दलहरु संविधानका विवादीत विषयमा सहमती नजिक पुगेको वताईरहदा कुनै पनि विषयमा सहमती नजिक नपुगेको एमाओवादीले जनाएको छ ।
शीर्ष दलहरुबीच भएको वार्ताको बारेमा एमाओवादी अध्यक्ष प्रचण्डसँग एमाले कुनै पनि विषयमा लचक हुन नचाहेको बताए । उनले भने कुनै पनि विषयमा सहमति गर्नका लागि लचक हुने भन्दा पनि पूरानै अडानमा कायम रहेका छन् ।’ एमाओवादीका महासचिव कृष्णबहादुर महराले प्रदेशको संख्यामा अहिलेसम्म कुनै पनि सहमति नभएको बताए । संविधानसभा भवनमा पत्रकारहरुसँग कुरा गर्दै महराले भने, अहिलेसम्म कुनै पनि विषयमा सहमति हुन सकेको छैन ।’
उनले एमाओवादी संघीयता लगायत विवादीत विषयमा लचक बनिरहँदा सत्तारुढ दलहरु आफ्नो अडानबाट टसमस नभएपछि कुनै पनि विषयमा सहमति जुट्न नसकेको बताए । उनले भने–‘६ प्रदेशमा सहमति बनिसक्यो भन्ने जुन प्रकारको समाचार आएको छ । त्यो सही होइन । हामी लचक बनेका हौं तर सत्तापक्ष त्यसमा लचक बनेनन्,’ ६ गते नेपाल बन्दको कार्यक्रम यथावत रहेको बताए ।
उता नेकपा एमाले नेता माधवकुमार नेपालले संविधान निर्माणको विवाद आज टुंगो लाग्ने बताएका छन् । पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा नेता नेपालले दलहरुबीच केही न केही सहमति हुने बताए ।
प्रज्ञाभवन कमलादीमा आयोजित प्रशिक्षणमा नेपालले विषयबस्तुमा सहमति, प्रक्रियामा सहमति वा सहमति विना प्रक्रियामा जानेबारे टुंगो लाग्ने बताए । संविधान निर्माण प्रक्रियाबारे अगुवा कार्यकर्ताहरुलाई जानकारी दिन एमालेले बृहत कार्यकर्ता भेला आयोजना गरेको हो ।

0 comments
तपाईंको प्रतिकृया