यस्तो छ रुपन्देहीमा कक्षा ११ को नतिजा
सुनिता चुदाली
बुटवल । उच्च मावि शिक्षा परिषदले सोमवार सार्वजनिक गरेको कक्षा ११ को नतिजा रुपन्देही जिल्लामा संस्थागत तर्फ उत्कृष्ट भएपनि सामुदायिक तर्फ भने सन्तोषजनक मात्र रहयो ।
बुटवल । उच्च मावि शिक्षा परिषदले सोमवार सार्वजनिक गरेको कक्षा ११ को नतिजा रुपन्देही जिल्लामा संस्थागत तर्फ उत्कृष्ट भएपनि सामुदायिक तर्फ भने सन्तोषजनक मात्र रहयो ।
केही संस्थागत तथा केही सामुदायिक विद्यालयको नतिजालाई हेर्दा रुपन्देहीमा कक्षा ११ को नतिजा सन्तोषजनक पाइएको हो । संस्थागत तर्फका विद्यालयले उत्कृष्ट अंक सहित उतिर्ण प्रतिशत पनि वृद्धि गरेका छन । जिल्लाका नाम चलेका साुमदायिक उमाविहरुको उतिर्ण प्रतिशत हेर्दा केही खासै सन्तोषजनक छैन । ति विद्यालयका प्राचार्यहरुले नतिजा अपेक्षाकृत नभएको बताएका छन ।
योगिकुटी स्थित तिलोत्तमा कलेजले ८८ दशमलव २४ प्रतिशत , एभरेष्ट वोडिङ हाई स्कुलले ९५ प्रतिशत तथा न्यू होराईजन उच्च माविले ८५ दशमलव ४७ प्रतिशत विद्याथी उतिर्ण गराउन सफल भएको जनाएका छन ।
तिलोत्तमा कलेजको म्यानेजमेण्टमा ९३.५
तिलोत्तमा कलेजले कक्षा ११ को रिजल्टमा ८८ दशमलव २४ प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको जनाएको छ । म्यानेजमेण्ट तर्फ ९३ दशमलव ५ तथा साईन्स तर्फ ८६ दशमलव ३६ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको कलेजले जनाएको छ । साईन्स र म्याजेनमेण्टका गरी ५ सय ३६ सहभागी मध्ये ४ सय ७३ जना विद्यार्थी उर्तिण भएका भाईस प्रिन्सीपल लुल्सी सापकोटाले जानकारी दिए । ४० जना भन्दा वढि विद्यार्थीको अंक ८० भन्दा वढि रहेको उनले बताए । साइन्स तर्फ ४ सय ५९ विद्यार्थी मध्ये ४ सय १ जना उर्तिण भएका छन । ति मध्ये ७८ जना विशिष्ट श्रेणाी, २ सय ६३ जना प्रथम श्रेणी ६० जना द्धितिय श्रेणाीमा उर्तिण भएका छन । त्यसै गरी म्यानेजमेण्ट तर्फ ७७ सहभागी मध्ये ३ जना विशिष्ट, ५८ जना प्रथम र ११ जना दोश्रो श्रेणीमा उर्तिण भएका छन ।
वुटवलको एभरेष्ट वोडिङ हाई स्कुलवाट सहभागी भएका १ सय ८९ जना मध्ये ९ जना मात्र फेल भएका छन । यस क्षेत्र मै उत्कृष्ट नतिजा ल्याउन सफल भएका प्रचार्य कृष्ण न्यौपानेले बताए । उनका अनुसार ९५ प्रतिशत विद्यार्थी उर्तिण भएका छन । ४० जना विशिष्ठ श्रेणी तथा अन्य प्रथम श्रेष्ण्नीमा उर्तिण भएका छन । साईन्स तर्फ १३२ जना तथा म्यानेजमेण्ट तर्फका ६६ विद्यार्थी सहभागी थिए ।
न्यू होराईजनको ८५.४७
बुटवलको न्यू होराईजन उच्च माविले ८५ दशमलव ४७ प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको छ । सहायक क्याम्पस प्रमुख इन्द्र भुसालका अनुसार साइन्स र म्याजेजमेण्टका गरी परिक्षामा सहभागी भएका ७ सय ५७ विद्याथी मध्ये ६ सय ४७ विद्यार्थी उर्तिण भएका छन । जस मध्ये ६१ जना विशिष्ठ श्रेणीमा उर्तिण भएका छन । साईन्सका विद्यार्थी आशिष रिजाल र विभस पाण्डेले ८७ प्रतिशत अंक ल्याएका छन ।
सगरमाथामा साइन्स राम्रो
देवदह नगरपालिकामा रहेको सगरमाथा उच्च माविले ६२ दशमलव ५ प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको छ । साईन्स र म्यानेजमेण्ट विषय अध्यापन गराउने उक्त विद्यालयले साईन्स तर्फ २ जना विशिष्ट र ७ जना प्रथम श्रेणीमा गरी ९ जना विथार्थी उतिर्ण गराउन सफल भएको प्राचार्य कृष्ण पौडेलले जानकारी दिए । साईन्सवाट १४ विद्यार्थी परिक्षामा सहभागी थिए ।
वुटवल कै एम्स उच्च माविले उत्कृष्ठ नतिजा ल्याउन सफल भएकको छ । उक्त विद्यालयवाट सहभागी १ सय २८ जना मध्ये १ सय १२ जना उर्तिण भएको म्यानेजिङ डाईरेक्टर गोपाल प्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार ४ जना विशिष्ट श्रेणी ४७ जना प्रथम श्रेणाी ६१ जना द्धितीय श्रेणाीमा उर्तिण भएका छन ।
इन्भाईरोमेण्ट हायर सेकेण्डरी स्कुलले ७७ प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको जनाएको छ । एजुकेश र म्यानेजमेण्टका गरी ७७ प्रतिशत विद्यार्थी उर्तिण भएको प्राचार्य मधु प्रकाश ज्ञवालीले जानकारी दिए ।
त्यसै गरी प्यारामाउण्ट स्कुलले ८२ प्रतिशत विद्यार्थी उर्तिण गराएको छ । स्कुलका कोअडीनेटर लक्ष्मण अर्यालले व्यावस्थापन तर्फ ९५ प्रतिशत साईन्स तर्फ ७१ प्रतिशत विद्यार्थी उर्तिण भएको जानकारी दिए । साइन्स तर्फ ४५ जना सहभागी मध्ये १ विशिष्ट श्रेणाी सहित ३२ जना र व्यवस्थापन तर्फ ३९ जना सहभागी भएकोमा ३७ जना विद्यार्थी उर्तिण भएका छन ।
यता कालिका उच्च माविले साईन्समा सन्तोषजनक नतिजा हासिल गरेको छ । विद्यालयका प्राचार्य घनश्याम पाठकले साइन्स तर्फ ५१ प्रतिशत विद्यार्थी उतिर्ण भएको वताए । उक्त विद्यालयवाट साईन्समा ९७ एजुकेशनमा ७४ र मानविकी तर्फ २२ विद्यार्थी सहभागी थिए ।
बुटवलको कान्ति उमाविका ४० प्रतिशत विद्याथीृ उतिर्ण भएका छन । मानविकी शिक्षा विज्ञान र व्यवस्थापन गरी २ सय भन्दा वढि विद्यार्थीहरु कक्षा ११को परिक्षामा सहभागी भएका प्राचार्य गोविन्द ज्ञवालीले जनाकारी दिए ।
रुपन्देही जिल्लामा यस वर्ष कक्षा ११ को परिक्षामा ८८ विद्यालय सहभागी भएका थिए । नियमित तर्फ छात्र ५ हजार ९ सय ५ र छात्रा ४ हजार ४ सय १९ गरी १० हजार ३ सय २४ प्रशिक्षार्थी सहभागी भएका उच्च माध्यमिक शिक्षा परिषद बुटवलका प्रमुख सुभाष पन्तले जानकारी दिए । त्यसै गरी आशिक तर्फ छात्र २५ सय ९५ र छात्रा २७ सय ५८ गरी ५ हजार ३ सय ५३ प्रशिक्षाथी सहभागी थिए । रुपन्देही जिल्लावाट नियमित र आंशिक गरी १५ हजार ६ सय ७७ प्रशिक्षार्थी सहभागी भएका प्रमुख पन्तले जानकारी दिए । नतिजा प्रकाशन गर्दा जिल्ला नछुटाईने भएकाले प्रत्येक विद्यालयको नतिजा हेरेर मात्र जिल्लाको नतिजा जानकारी हुने उनले वताए । जसले गर्दा जिल्लाको समग्र नतिजा तत्काल विष्लेषण गर्न गाह्रो पर्ने गरेको छ ।
जेठ १ देखि १२ गतेसम्म संचालन कक्षा ११ को परिक्षामा नियमित तर्फ २ लाख २५ हजार ३ सय ७३ जना परीÔार्थी सहभागि भएकोमा १ लाख ६ हजार ५ सय १७ जना परीÔार्थी उतीण भएको परीÔा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
त्यस्तै आंशिक तर्फ १ लाख ४१ हजार ५ सय ७० जना परीÔार्थी सहभागी भएकोमा ४६ हजार ९ सय ३३ जना अर्थात ३३.१५ प्रतिशत परीÔार्थी उतिर्ण भएको उनले बताए ।



0 comments
तपाईंको प्रतिकृया