शोकप्रस्ताव पारित गर्दै बैठक स्थगित
काठमाडौं । संविधानसभा बैठक संविधानसभाका पूर्व सदस्य गोपाल सिंह बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दार्चुलाबाट निर्वाचित बोहोराको छाउनीस्थित सैनिक अस्पतालमा मंगलबार निधन भएको थियो । सेना समायोजन विशेष समितिका सदस्य समेत रहेका बोहोरा मुटुको समस्याबाट पीडित थिए ।
संविधानसभाका सदस्यहरुले बोहोराको निधनको शोकमा एक मिनेट मौनधारण गरे । त्यसलगत्तै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विहीबार विहान ११ बजे बस्ने बैठक गरी स्थगित भएको जानकारी गराए । शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने संविधानसभा नियमावलीमा प्रावधान छ ।
यसअघि आजै विहान बसेको संविधानसभा बैठक एमाओवादी सहित विपक्षी दलका सभासदहरुको नाराबाजीका कारण दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।


0 comments
तपाईंको प्रतिकृया