Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
संविधानसभा भित्र नाराबाजी, बाहिर धर्ना र प्रदर्शन


काठमाडौं । राजनितीक दलहरुले नया संविधान जारी गछौ भनेको दिन आज माघ ८ गते । संविधान त आएन नै । संविधान वन्ने छनक समेत देखिएको छैन ।
 विपक्षी दलहरुका सभाषद संविधान सभा भित्र नारावाजी गरिरहेका छन भने  सडकमा पनि आन्दोलन चर्काएका छन । बिहिबार संविधानसभा भवन, बानेश्वरको निषेधित क्षेत्र आसपास विभिन्न समूहको धर्ना र जुलुस सुरु भएको छ ।
आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपालको ब्यानरमा वैद्य माओवादी, एनेकपा माओवादी र पद्म रत्न तुलाधरको समूहमा आवद्ध भएका नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन । 
यसका साथै शेर्पा प्रदेश संयुक्त संघर्ष समिती, दलित अधिकारकर्मी, संयुक्त महिला संघर्ष समितीलगायतका विभिन्न समूहले नयाँ बन्ने संविधानमा आफ्नो हक अधिकार सुनिश्चित होस् भनेर नाराबाजी गरिरहेका छन् । 
धर्ना र जुलुसका कारण बानेश्वर क्षेत्रको यातायात ठप्प भएको छ भने केहि अप्रिय घटना नहोस् भन्दै त्यहाँको सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ ।
 उता विधानसभाको बैठक सुरु हुनासाथ आज पनि विपक्षी मोर्चाका सभासदहरुले अघिल्लो दिनको जस्तै रोष्टम अगाडि भेला भएर नाराबाजी थालेका छन् ।
बैठकमा भाग लिन जाने क्रममा सभासदमाथि चेकजाँच गरेपछि विपक्षीहरु निकै रुष्ट देखिए पनि संविधानसभाभित्रको स्थिति बुधबारको जस्तै सामान्य नै देखिएको छ ।
राष्ट्रिय धुन बजेर बैठक सुरु हुन नपाउँदै विपक्षी सभासदहरु नारबाजीमा उत्रिएका हुन् । रोष्टम घेराउमा एमाओवादी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई र मधेसवादी मोर्चाका नेतासमेत सहभागी छन् ।

0 comments

तपाईंको प्रतिकृया