Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
संयुक्त राष्ट्रसंघद्धारा सहमतिमा संविधान जारी गर्न आग्रह

काठमाडौं । सत्तारुढ दलले बहुमतीय प्रकृयाबाटै भएपनि संबिधान जारी गर्ने बताइरहेको बेला संयुक्त राष्ट्रसंघले बहुमतका आधारमा नभई सहमतिमा संविधान जारी गर्न आग्रह गरेको छ ।
राष्ट्रसंघ महासचिव वान की मुनको दूतको रुपमा नेपाल भ्रमणका आएका राजनीतिक मामिला सम्बन्धि उपमहासचिव जेफ्री फेल्टम्यानले ‘लचकता, समावेशीता र सम्झौताका आधारमा’ नयाँ संविधान जारी गर्न आग्रह गरेका हुन् ।
नेपाल भ्रमण पूरा गरी न्युयोर्क फर्किने क्रममा फेल्टम्यानले जारी गरेको विज्ञप्तीमा ‘संविधानसभा बहिष्कार नगर्न तथा मतदानका लागि बाध्य नपार्न’ दलहरुलाई आग्रह गरेका छन् । दलका नेताहरुले आफुलाई संविधान निर्माणका विषयमा ठूलो प्रगति भइसकेको र केही विषयमा मात्र सहमति हुन बाँकी रहेको बताए पनि नेताहरु आफैले संविधान जारी गर्नका लागि बनाएको समयसिमा सकिनै लागेको उनले स्मरण गराएका छन् ।
नेताहरुले अवसरको उपयोग गर्न तथा नेपाली जनताले दिएको म्याण्डेट पूरा गर्नु आवश्यक रहेको भन्दै उनले पार्टीगत आकांक्षाबाट माथि उठेर राष्ट्रिय स्वार्थमा अघि बढ्न आह्वान गरेका छन् ।
नेपालको संविधान निर्माण लगायतका प्रक्रियामा राष्ट्रसंघ सदैव सहयोगका लागि प्रतिबद्ध रहेको समेत उनको भनाइ छ । फेल्टम्यानले न्यूयोर्क जानुअघि राष्ट्रपति डा। रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग छुट्टा९छुट्टै भेटवार्ता गरेका थिए । नेपाल बसाइका क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र मधेसवादी दलका नेताहरुलाई भेटेका थिए ।

0 comments

तपाईंको प्रतिकृया