३० दलीय मोर्चाले ल्यायो साझा प्रस्ताव
काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले साझा प्रस्ताव पास गरेको छ । मोर्चाले साझा धारणा बनाउनका लागि गठन गरेको कार्यदलले प्रस्ताव तयार गरेको हो । आइतबार एमाओवादीको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको बैठकले हिजो प्रस्तुत गरिएको ९ बुँदे प्रस्तावमा थोरै परिमाजन गर्दै पास गरको छ ।
त्यस्तै प्रतिनिधिसभाको संख्या २ सय ३५ हुने र राष्ट्रिय सभा ६५ हुने भनिएको छ । यसैगरी दुई वा बढी दलहरु एउटा मोर्चा गठन गरेर एउटै चुनाव चिन्हमा लड्न पाउने नयाँ बुँदा थप गरिएको छ । त्यसका लागि दलहरु निर्वाचन आयोगमा दर्ता हुनुपर्ने प्रावधान राखिएको छ ।


0 comments
तपाईंको प्रतिकृया